इज्जत जोगाउन आफ्नै बुवाले छोरीलाई जिउँदै जलाए ! १९ बर्षिय लक्ष्मी यसरी एकछिनमै बनिन् खरानी (हेर्नुहोस तस्बिर सहित)

२०७५ माघ २५, शुक्रबार १४:५३ गते २०७५ माघ २५, शुक्रबार १४:५३ गते २०७५ माघ २५, शुक्रबार १४:५३ गते

भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीको आफ्नै बुवा र दाईले जिउँदै जलाएका छन् ।

आफ्नै छोरी तथा बहिनीलाई जिउँदै जलाउनुको मुख्य कारण इज्जत भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ती युवतीले परिवारको इच्छा विपरित विवाह गर्न लागेकी थिइन् ।

गएको शुक्रबार १९ वर्षीय लक्ष्मी बाई उनका प्रेमी राजकुमार लौवंशीको घरमा पुगेकी थिइन् । लौवशीको घरमा गएकी लक्ष्मीलाई उनका बुवाले देखेका थिए ।

लक्ष्मीलाई उनका बुवाले जबरजस्ती घिसारेर आफ्नो घर लगेका बताइएको छ ।

जानकारीका अनुसार लक्ष्मी र राजकुमार १० महिनादेखि प्रेम गर्दै आइरहेका थिए । लक्ष्मीको परिवारलाई यो सम्बन्ध मन परेको थिएन । लक्ष्मीका बुवाले पटक पटक लक्ष्मीलाई सम्झाउँदै आएका थिए ।

लक्ष्मी र राजकुमारले अदालतमा गएर बिहे गर्ने निर्णय गरेका थिए ।

यसैक्रममा गएको शुक्रबार लक्ष्मी राजकुमारको घर गएको देखेपछि उनका बुबा सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टीतेल खन्याएर लक्ष्मीलाई आगो लगाइदिएका थिए । ती युवतीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको र उनका बुबा र दाइ दुवैजनालाई पक्राउ गरेको बताएको छ । युवतीकी आमा र केही छिमेकीले ती युवतीले आफैँ मट्टीतेल छर्किएर आत्महत्या गरेकी भन्ने बयान दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *