काठमाडाैं- काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा मंगलवार बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेका छ। बा ६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनामा भई गम्भीर घाइते भएका थपलियाको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।यसैबीच काठमाडौँ महानगरपालिका–३० रातोपुल बस्ने इन्दिरा ढकालको घरबाट आज बिहान अन्दाजी एक तोला सुन, १५० तोला चाँदी र नगद रु ३० हजार गरी करिब रु दुई लाख ५० हजार बराबरको धनमाल चोरी भएको छ। चोरीमा संलग्न व्यक्ति फरार रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ — राजधानीको सङ्ग्रहालय मार्गमा दुर्घटना हुँदा दश जना घाइते भएका छन् । मङ्गलवार दिउँसो उक्त मार्गमा बा१ज ४८७६ नम्बरको सफा टेम्पो र बा१९च ८१८८ नम्बरको टाटा पिकअप एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।दुर्घटनामा घाइतेहरू मध्ये ७ जनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा र तीन जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेको सफा टेम्पो पूर्णहरूमा क्षतिग्रस्त छ ।रासस
-हालखबर बाट
Views: 0