काठमाडौं, १ फागुन । दर्शन केसी जसले आफ्नो क्षमताले विश्वमाझ नेपाललाई चिनाउन चाहेका छन् ।

हातखुट्टा चलाउन नसक्ने, बोल्न समेत नसक्ने दर्शन जसले नाकको टुप्पोले लेखेर आफ्ना भावना साट्छन् । त्यो पनि अंग्रेजी भाषामा । मोवाइल र ल्यापटपमा नाकको टुप्पोले लेख्न कति सकस हुन्छ होला तपाई हामी सबैले अनुमान गर्न सक्छौं ।

गायक प्रमोद खरेललाई भगवान मान्ने दर्शन फरक क्षमता भएका युवक हुन् ।

तर उनको ब्यक्तिगत जीवनमा भने धेरै पीडा सहनुपर्यो । सानै उमेरमा आफ्नो जन्मदिने आमा गुमाए । शारिरीक रुपमा असक्षम छन् । तर प्रकृतिले उनलाई एउटा यस्तो क्षमता दिएको छ जसको माध्यमवाट उनले विश्वलाई चुनौति दिएका छन् ।

उनले गिनिजबुकमा नाम लेख्न चाहन्छन् । त्यसैले निरन्तर साधनारत छन् । त्यसैले उनले अहिले अंग्रेजी भाषामा लेखेर खण्डकाब्य तयार गरेका छन् । सयौं कविता लेखेका छन् । जसमा आफ्ना भावना अभिब्यक्त गर्छन । फेसवुक लगायत सबै सामाजिक सञ्जाल चलाउँछन् तर नाकको टुप्पोले नै सबै सामाजिक सञ्जाल हेण्डिल गर्छन । उनले आफ्नो खण्डकाब्य प्रकाशन गर्न चाहन्छन् तर त्यसका लागि आवश्यक पर्ने पैसा भने उनीसंग छैन ।

विश्वलाई आफुतिर तान्न सक्ने उनको यो क्षमता र प्रयास सफल बनाउन अब तपाई हाम्रो सहयोगको खाँचो छ । आर्थिक अवस्थाका कारण उनले खण्डकाब्य प्रकाशन गर्न सकेका छैनन् । त्यो प्रकाशन गर्न लाखौं करोडौं रकमको पनि आवश्यकता छैन ।

त्यसैले तपाई हाम्रो सानो सहयोगले पनि उनको यो इच्छा पुरा हुन सक्छ । उनी बोल्न सक्दैनन् तर आफ्नो यो साधना पुरा गर्ने अभिलाषा यस्तो छ कि उनले बोलेरै सहयोग माग्ने कोषिश समेत गरेका छन् । हेर्नुस् भिडियो दर्शनले नाकको टुप्पोले कसरी लेख्छन् ?लाइट नेपाल

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *