नेपाल बन्द सफल पार्न आग्रह

२०७५ बैशाख २१, शुक्रबार ०८:१५ गते २०७५ बैशाख २१, शुक्रबार ०८:१५ गते २०७५ बैशाख २१, शुक्रबार ०८:१५ गते

ओमप्रकाश गुप्ता
भालुवाङ २१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी विक्रमले विज्ञप्ती जारी गरी भोली शनिवार आह्वान गरिएको नेपाल बन्द सफल बनाउन सहयोग गरिदिन हुुन आग्रह गरेका छन् । देशभर आफ्ना पार्टीका नेता कार्यकर्ता गिरफ्तार गर्न थालिएको,१२ जना नेता कार्यकर्तालाई बेपत्ता पारिएको शान्तिपुर्ण सभा जुलुस गर्न पाउने अधिकार खोसिएको लगायतका घटनाको विरोधमा नेपाल बन्द आह्वान गरिएको विज्ञप्तीमा उल्लेख छ । यसै बिच देउखुरीको भालुवाङमा बन्दको प्रचारप्रसारका लागि गर्न थालिएको कोणसभामा प्रहरीले हस्तक्षेप गरेको छ । सो क्रममा दलित मुक्तिमोर्चाका जिल्ला अध्यक्ष सुरज परियारलाई प्रहरीले पक्राउ गरेर भ्यानमा राखे पनि स्थानीयबासीको सहयोगमा नेकपाका कार्यकर्ताले परियारलाई तानेर लैजान सफल भएका थिए । सो क्रममा परियारले लगायका कपडा समेत च्यातिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed