ओमप्रकाश गुप्ता/तिर्थराज ज्ञवाली
भालुवाङ २४ वैशाख । राप्ती गाउँपालिकाले गाउँपालिका भित्रका २२ अनाथ बालबालिकालाई जनही ६ हजारका दरले सहयोग गरेको छ । अनाथ वालवालिकाहरुका लागि महिला तथा वालवालिका कोषवाट मासिक ५ सय आर्थिक सहयोग उपलब्ध गराउने गाउँकार्यपालिकाको निर्णय अनुसार एक वर्षको एकमुष्ट ६ हजार रुपैयाँ वार्डहरुको सिफारिसमा उपलब्ध गराइएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिएका छन् । गाउँपालिकावाट कुनै किसिमका सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेकोे, वावुआमा दुवै मरेका वा बेपत्ता भएको, १६ वर्ष पूरा नभएको, राप्ती गाउँपालिका भित्र जन्म भएको वा स्थायी वासिन्दा रहेका अनाथ बालबालिकालाई सहयोग रकम उपलब्ध गराइएकोे छ । गाउँपालिकाको वडा नम्बर २ का सन्दीप सार्की ,पवन सार्की,योगीता सार्की,सारदा डांगी, सनम कुमाल, लक्ष्मण कुमाल, राम कुमाल, बिशाल सार्की, एलिना कुमाल र सुमित्री कुमाल, वडा नम्बर ३ का सस्मिता चौधरी, रविन चौधरी, निरु चौधरी, हिमाल के.सी. र सिर्जना के.सी., वडा नम्बर.४ का कुलमान गिरी र मन्जुली गिरी, वडा न.७ का सुदिप चौधरी, वडा नम्बर ८ का विनोद कुमाल, बुधराम चौधरी, सुशिला चौधरी र सुजन कुमाललाई राप्ती गाउँपालिकाले सहयोग गरेको छ । सहयोग वितरण कार्यक्रममा प्रथम चरणमा ९ जना बालबालिकालाई सहयोग प्रदान गरिएको र दोस्रो चरणमा अन्य बालबालिकालाई सहयोग प्रदान गरिएका छ । थप अनाथ बालबालिकाको विवरण र सहयोग माग भई आएमा समेत सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिएका छन् ।
Views: 0