ओमप्रकाश गुप्ता/तिर्थराज ज्ञवाली
भालुवाङ २५ वैशाख । राप्ती गाउँकार्यपालिकाको आ.व. २०७४÷०७५ को १७ औ बैठकले मंगलवार नागरिकहरुको हितका लागि कार्य गर्ने गरि निर्णय गरेको छ । राप्ती गाउँकार्यपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको ै बैठकले वडागत रुपमा विनियोजन गरिएका कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न लागत एकिकृत गरिएको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् । बैठकले राप्ती गाउँपालिका भित्र अटोभिलेज निर्माणको लागि स्थल छनौट गर्न वडा नम्बर १ को उचित स्थल छनौट गर्ने, राप्ती गाउँपालिकामा पछिल्लो चरणमा ब्यक्तिले निकालेका बाटो सार्वजनिक गर्न सबैमा सुचना प्रवाह गर्नेे निर्णय गरेको प्रवक्ता चौधरीले बताएका छन् । यसै बिच बैठकले बुधवार हुने सार्वजनिक सुनुवाई कार्यक्रम र विहिवार हुने गाउँसभालाई ब्यवस्थीत तवरले सम्पन्न गर्न समन्वय गर्ने निर्णय गरेको छ ।
Views: 0