राप्ती गाउँपालिकामा जनस्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सञ्चालनमा

२०७५ बैशाख २७, बिहीबार १४:१८ गते २०७५ बैशाख २७, बिहीबार १४:१८ गते २०७५ बैशाख २७, बिहीबार १४:१८ गते

ओमप्रकाश गुप्ता
देउखुरी २७ वैशाख । देउखुरीको राप्ती गाउँपालिकामा जनस्वास्थ्य र इमर्जेन्सी सेवा सहितको एम्बुलेन्स सञ्चालनमा आएको छ । राप्ती गाउँपालिकाको पहाडी गाउँबस्तीका नागरिकलाई सेवा दिने लक्ष्यका साथ सिसहनियाँ स्थित स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्थाले सञ्चालित ‘ग’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जसलाई जिल्ला एम्बुलेन्स सञ्चालन समितिले स्वीकृति प्रदान गरिसकेको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ बाट सेवा दिँदै आएको संस्थाले ३२ लाख ९० हजार रुपैयाँको लागतमा एम्बुलेन्स खरिद गरे पनि जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमती र जिल्ला एम्बुलेन्स सञ्चालन समितिमा परेको निवेदन अनुसार समितिको सिफारिसमा भन्सार छुट हुदा त्यसको मुल्य करिव १२ लाख मात्र पर्न गएको बताइएको छ । एम्बुलेन्समा जनस्वास्थ्यकर्मी सहित ईमरजेन्सी औषधी, मुटुको चाल थाहा पाउने मेसिन, फोक्सोलाई दिइने कृत्रिम अक्सिजन, नेबुलाईजर, रक्तचाप जाँच्ने व्यवस्था, प्राथामिक उपचार सहितको सुविधा रहने संस्थाका अध्यक्ष तथा स्वास्थ्यकर्मी प्रकाश विष्टले जानकारी दिएका छन् ।एम्बुलेन्समा जनस्वास्थ्यकर्मी र औषधी सहितको व्यवस्था भए पछि गम्भीर प्रकृतिका बिरामीलाई राहत मिल्ने अपेक्षा गरिएको छ । एम्बुलेन्स सञ्चालनमा आएपछि पहाडी गाउँका नागरिकहरु खुसी भएका छन् । यसै बीच, एम्बुलेन्सको विहिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । प्रदेश नम्बर ५ का सांसद इन्द्रजित थारु, सांसद दामा शर्मा र राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले संयुक्त रुपमा एम्बुलेन्सको उद्घाटन गरेका हुन् । यो सँगै अव राप्ती गाउँपालिकामा एम्बुलेन्सको संख्या ५ पुगेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed