रविले प्रधानमन्त्रीलाई भने: हरेक क्षेत्रमा ‘लुट्न सके लुट कान्छा’ नै हुन्छ’

२०७५ फाल्गुन १०, शुक्रबार १४:०३ गते २०७५ फाल्गुन १०, शुक्रबार १४:०३ गते २०७५ फाल्गुन १०, शुक्रबार १४:०३ गते

प्रधानमन्त्रीले उद्घाटन गरेको विजुली बस ग्यारेजमा नै थन्किएको समाचार प्राप्त भएको छ । आज पनि आसेपासेलाई साइड लाग भन्दै म मेरा प्रधानमन्त्रीसँग सीधाकुरा गर्न चाहन्छु । बारम्बार देशका प्रधानमन्त्रीसँग निजी टेलिभिजनको स्टुडियोबाट सीधाकुरा गरिरहँदा हाम्रो सम्बन्ध प्रधानमन्त्रीसँग विग्रिन्छ भनेर हल्का पिर लागेपनि डर चाँही लागेको छैन । किन भने यो देश निर्माणको स्वर्ण युग हो ।

प्रधानमन्त्रीसँगको व्यक्तिगत सम्बन्ध प्रगाढ बनाएर के मतलब भो र जब यो देशका जनता र प्रधानमन्त्रीको सम्बन्ध सुधार्न सकिएन भने । कान फुक्नेहरुका कुरा मात्र सुन्ने खालका छैनन् हाम्रा प्रधानमन्त्री । केटो चर्को भएपनि नचाहिने कुरो चाँही गर्दैन होला भनेर शंकाको सुविधा सम्माननिय प्रधानमन्त्री ज्युले दिनु हुनेछ भन्ने कुरामा विश्वास छ । यत्ति भने अब थप चाकडी गर्ने जिम्मा आशा, उत्साह वालाहरुलाई । रिसाए रिसाउनुस, एक दिन भेटेरै फकाउला । अँ बिजुली बसको कुरा गर्दै थिए । कात्तिक ६ गते तिर तामझामका साथ उद्घाटनको हतारमो बसका प्राविधिक पक्ष नै हेरिएन । पानी जहाज कायालय खुल्यो तर भोलिपल्ट चरोमुसो देखिएन, र्बोड समेत कतै साइडमा बस्यो ।

ग्यास पाइपको उद्घाटन पछिको केही हप्तामा त्यो पनि विग्रियो । पानी जहाजको टिकट यो दिन काट्न आउनुस भन्नु भो त्यो दिन पानी जहाज आएको भए पो टिकट पाउनु । म मेरा प्रधानमन्त्रीलाई विपक्षीले झै खुइलाउन, उडाउन चाहन्न । म त दुखी छु । बहुत दुखी छु ।

मेरो देशका प्रधानमन्त्रीले बोलेको कुरा किन मिलिरहेको छैन । मलाई विशवास छ मेरा प्रधानमन्त्रीले विना रिसर्च, विना छलफल र विना तयारी केही पनि बोलेका होइनन् । बोल्नु अघि बालुवाटारको चिया विस्कुट सत्यानाश पार्नेहरु सबैसँग पूरा छलफल गरेरै बोलेका हुन ।

विना तयारी, विना लामो भिजन, लौ जाऊ हिड्नुस् प्रधानमन्त्री ज्यु, तपाईले देखेको सपना ठ्याक्कै पूरा भयो, युग फेरियो, तपाई हिरो हुनु भो भनेर बस चडाउने को ? जहाज अफिस उद्घाटन गराउने को ? ग्यास वालाकहाँ लगेर फिटिक्क पार्न लाउने को ? तिनलाई लाइन लगाएर झाँको झारेको हेर्ने रहर म पाल्न सक्छु् ? केही मानिस जोशिला हुन्छन्, एक दम हाइ एनर्जी भएका । हाम्रा प्रधानमन्त्री ज्यु पनि सुपर हाइ इनर्जी भएको हुनुहुन्छ । यो पोजेटिभ गुणको दुरुपयोग भयो कि भन्ने सोचेर सानो तर सीधाकुरा राख्न खोज्दैछु । प्रधानमन्त्री ज्यु, तपाइले देखेका हरेक सपना जाहेज छन्, सही छन्, बस तिनलाई साकार पार्ने हतारोमा तपाईलाई पटक पटक चिप्लाइदैछ । यो मुलुकमा रेल जहिले आएपनि त्यसको क्रेडिट तपाईलाई जान्छ । तर तपाइले हतार गर्नु भो भने फास्ट ट्याक्क र खरीद नियम सच्याउँदै कमसल सामान र कमिशन सुरक्षित पार्ने काम हुन्छ, बिजुली बस जस्तै ।

विजुली बस बाहिरबाट ट्याक्क रंग लगाइयो, तपाईले हेर्दा त्यो ज्यादै सुन्दर देखियो । बातावरण मैत्री बिजुली बसको तपाईको सपनाको विरोध गर्ने को ? मलाई देखाउनुस् । त्यसतालाई ठीक पार्न अरिङ्गाल खटाउनै पर्दैन मै बारुला बनेर आँखा सुन्नीने गरी ठुगंदिन्छु । तर भित्र भित्रै खिया लागेका पार्ट पुर्जा थिए । अब के तपाई प्रधानमन्त्री जस्तो मान्छे बसको मुनी सुतेर हात, कपडा भरी मोविल नै मोविल लाग्ने गरी पार्टपुर्जा चेक गर्ने ? यो त मिल्दैन । तर तपाईले हतार गर्नु भो भने हर क्षेत्रमा लुट्न सके लुट कान्छा नै हुन्छ ।

देयर इज नो प्रोबलम विथ योर ड्रिम । आज राति देखेको सपना भोलि बिहान पूरा हुनु पर्दैन प्रधानमन्त्री ज्यु । मान्छेको आयु र देशको आयुमा फरक छ । मान्छेको आयुमा ५ बर्ष भनेको बहुत ठूलो कुरा हो तर देशको आयुमा ५० बर्ष पनि ठुलो कुरा हुँदैन । तपाइ्र्रका सपना सके मेरो जेनेरेशले नसके अर्को जेनेरेशनले पूरा गर्छ, डन्ट वोरी । जनताको देनिकी, सुशासनको ग्यारेन्टी प्राथमिकता हुनु प¥यो ।

२० आँै बर्ष अगाडि कांग्रेस नेता कृष्ण प्रशाद भट्राइले मेलम्चीको पानीले काठमाडौका सडक पखाल्छु भन्नु भयो । यतिका बर्ष बिते मेलम्ची आएन । तर शायद तपाईको प्रयासले छिट्टै आउला । के मेलम्चीको श्रेय कृष्ठ प्रसाद भट्टरालाई जाँदैन त ? अवश्य जान्छ । बोलेका हरेक कुरा पुरा गर्नुपर्छ तर कच्चा काम गरेर केवल बोलेको कुरा मात्र पुरा गर्न खोज्नु जरुरी नै छैन । मेलम्चीले सडक धोइदिन्छु भनेर तपाईले बोलेको भए तपाईलाई सायद यस्तो सल्लाह दिइन्थ्यो । मेलम्चीबाट सानो पाइप जोड्दै काठमाडौ ल्याउने, काठमाडौको एउटा सडकमा तपाइले पाइपको मुखमा औलाले थिचेर फोहोर दिने र उद्घाटन गर्ने । र भन्ने, मैले मेलम्चीको पानीले काठमाडौको सडक पखाले ।

एउटा टेलिभिजन प्रस्तोताको रुपमा यति हल्का टिप्पणी गर्न मलाई त सुहाउँदैन भने देशका प्रधानमन्त्रीलाई जे पायो त्यही गराउनेहरु कोको हुन ? तिनैको कुरा सुनेर म सँग रिसाउने कि तिनलाई साइड लगाएर मैले भनेका कुराहरुमा आफै सबलाई ढोका बाहिर निकालेर सोच्ने त्यो जिम्मा अति आदरणीय र सम्माननिय प्रधानमन्त्री ज्युको ।

कुरा अझै स्पष्ट पार त केटा भन्नु हून्छ भन्ने म पाँचै मिनेटको दुरीमा छु, ९ डिजिटको मेरो नम्बर तपाईको फोनमा सेभ नै छ । यत्ति कुरा यसै गरी भन्न सक्नेहरु त्यही छन् भने मलाई दुख दिने परेन । news24 बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *