प्रहरीमा घुस प्रकरण: डिएसपी-इन्सपेक्टर साझेदारी, २३ लाख बुझाउने बिचौलिया युवती को हुन् ?

२०७५ फाल्गुन १४, मंगलवार १३:४४ गते २०७५ फाल्गुन १४, मंगलवार १३:४४ गते २०७५ फाल्गुन १४, मंगलवार १३:४४ गते

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको घुस प्रकरण छताछुल्ल भएको छ । ज्यान मार्ने उद्योगको मुद्दा मिलाउने नाममा घुस लिएको प्रकरणमा वृत्तमा कार्यरत इन्सपेक्टर दिनेश भण्डारी अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा तानिएपछि घुस काण्ड सार्वजनिक भएको हो ।

हत्या अभियोगमा अनुसन्धानका क्रममा रहेका अभियुक्तहरूले इन्स्पेक्टर भण्डारीले घुस लिएको बयान दिएपछि उनलाई अनुसन्धानका लागि मेट्रोमा तानिएको महानगरीय प्रहरी कार्यालय स्रोतको भनाइ छ।

भण्डारीले बिचौलिया कमला भण्डारीमार्फत् १० लाख रुपैयाँको चेक र १३ लाख नगद पटक–पटक गरी लिएको अनुसन्धानका क्रममा खुलेको छ । मुद्दा मिलाउन नसकेपछि र पैसा फिर्ता माग्दा उल्टै घुस दिनेलाई वृत्त प्रमुख डिएसपी फणिन्द्र प्रसाईको नाममा धम्की दिन थालेपछि उनीबिरुद्द ठाउँ ठाउँमा उजुरी परेको थियो। तर, वृत्त प्रमुख डिएसपी प्रसाईले घटनालाई गुपचुप बनाएका थिए। स्रोतका अनुसार प्रसाईले भण्डारीमार्फत कमिशन लिएको खुल्दा पनि उनीमाथि कारवाही भएको छैन। टोखामा दुई महिना अघि भएको २३ वर्षीय अजिता मल्ल शाहीको हत्या प्रकरणलाई मिलाइदिने भन्दै भण्डारीले घुस मागेका थिए भयो ।

शाहीलाई आफ्नो श्रीमानसँग सल्केको आरोप लगाएर विष्णुमाया मल्लले केही सहयोगीमार्फत कुटपिटका क्रममा हत्या गरेकी थिइन । प्रहरीले विष्णुमायासहित गण्डिपराज मल्ल, भगवती मल्ल र रिता केसीलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। इन्सपेक्टर भण्डारी हत्या अभियोगमा पक्राउ परेका चारैजना पुर्पक्षका लागि थुनामा छन् । उनीहरुको मुद्दा मिलाइदिने नाममा घुस मागेका थिए।

स्रोतका अनुसार डिएसपी प्रसाईको ग्रिन सिग्नल पाएपछि भण्डारीले पैसा लिएका थिए । तर, डिएसपी प्रसाई पावरवला भएका कारण उनलाई तानिएको छैन। प्रसाईको अख्तियारदेखि गृहसचिवसम्म पहुँच रहेको छ । मुद्दा मिलाउने नाममा बिचौलिया कमला भण्डारीले लण्डनबाट पैसा मगाएकी थिइन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *