ओमप्रकाश गुप्ता
भालुवाङ १९ जेठ । राप्ती गाउँपालिकाको वडा नम्बर १ को सबै टोलहरुमा शनिवार दोस्रो पटक सरसफाई गरिएको छ । राप्ती गाउँपालिकालाई पुर्ण सरसफाई युक्त गाउँपालिका बनाउने कार्यक्रम अन्र्तगत एक घर एक कुचो भन्ने मुल नाराका साथ वडा नम्बर १ को हनुमानगढी,गौतमबुद्ध, आँपखोली टोल विकास संस्था भालुवाङ त्यसै गरी सिद्धश्वरी, विहानी र नमुना टोलविकास संस्था पाखापानीको सक्रियातामा आ आफनो टोल, बस्ती, सार्वजनिक स्थल, धार्मिक स्थल र बाटो सरसफाई गरिएको वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिएका छन् । गाउँ टोल सरसफाई अभियानमा वडा अध्यक्ष ताराबहादुर डिसी, टोल विकास संस्थाका अध्यक्षहरु घमानसिंह रावत, खुमलाल पोख्रेल, गुरुप्रसाद सुवेदी,मानसिंह रावत, हिराबहादुर पुन, रोमलाल विष्ट, टेकबहादुर महतरा र पत्रकार महेश रिजाल लगायतको सहभागीतामा रहेको थियो ।
Views: 0