निर्मला हत्या प्रकरणः अझै सम्पर्कविहिन तत्कालीन एस पी विष्ट र सिआईवीका डिएसपी जिसी

२०७५ फाल्गुन २८, मंगलवार १२:३० गते २०७५ फाल्गुन २८, मंगलवार १२:३० गते २०७५ फाल्गुन २८, मंगलवार १२:३० गते

काठमाडौं, फागुन २८ । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ ।

सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ ।

सम्पर्कविहिन रहेका तत्कालीन एस पी डिल्ली विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टीसहितको सूचना जारी गरेको छ ।

कञ्चनपुरमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली विष्टसहित आठ जनाविरुद्ध सरकारी वकिलको कार्यालयबाट गत बुधबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

बिहिबार विहान न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको इजलाशमा भएको प्रारम्भिक सुनुवाइमा मुद्दा अघि बढाउने आदेश भएको थियो । डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहिबारदेखि नै अदालतमा बयान लिन सुरु गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *