परासी । क्लीनिकमा स्वास्थ्य जाँच गराउन पुगेकी एक किशोरीलाई स्वास्थ्यकर्मीले यौन दुब्र्र्यवहार गरेका छन् । छातीको जाँच गर्नुपर्छ भनेर युवतीलाई भित्र लगेर यौन दुर्व्यवहार गरेको आरोपमा एकजना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ४ लोहरौलीमा (एक्सरे ) प्याथोलोजी क्लिनिकका सञ्चालक २४ वर्षीय अमृश यादवलाई यौन दुब्र्यवहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । उनले १५ वर्षीया किशोरीलाई स्वास्थ्य जाँच गर्ने बहानामा यौन दुर्व्यवहार गरेको आरोप छ ।
दुर्व्यवहार आरोपमा पक्राउ परेका यादव रामग्राम नगरपालिका ९ का हुन् । केही समयदेखि यादवले लोहरौलीमा क्लिनिक सञ्चालन गर्दै आएका छन् ।
दुर्व्यवहार गरेको भन्दै स्थानीयले क्लिनिकमा तोडफोड समेत गरेका छन् । आक्रोाशित स्थानीयवासीले प्रहरीको गाडीमासमेत तोडफोड गरेपछि प्रहरीले तोडफोडमा संलग्न दुई जनालाई पनि पक्राउ गरेको छ ।
ल्याव असिस्टेण्टसमेत रहेका निजी क्लिनिक सञ्चालक यादवले छातीको एक्सरे गर्ने भन्दै कोठाभित्र लगेर यौन दुर्व्यवहार गरेको पीडितपक्ष र प्रहरीको आरोप छ । दुर्व्यवहारमा पर्ने किशोरी भने भारतीय हुन् । छाती दुखेपछि भारतीय स्वास्थ्यकर्मीको सल्लाहमा एक्सरे गर्न किशोरी बुवासहित क्लिनिकमा पुगेकी हुन् ।
Views: 0