ओमप्रकाश गुप्ता
सिसहनियाँ २२ जेठ । नेपाल पंक्षी संरक्षण संघ र कालिका सामुदायिक वन उपभोक्ता समुह लालमटियाले पनि ४६ औँ विश्व वातावरण दिवस मनाएका छन् । सामुदायिक वनको सभाहलमा गिद्धसंरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । समुहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् सेक्टर वन कार्यालय गढवाका उपसचिव गोकुल रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघ परियोजनाका अधिकृत भुपाल नेपाली, दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चका प्रवक्ता महेश रिजाल, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता,करम्दी सामुदायिक वन उपभोक्ता समुह बराखुटीका अध्यक्ष सरस्वती पोख्रेल र टियर रिलिफका सुष्मा चौधरी लगायतका वक्ताहरुले बोलेका थिए । ग्लोबल युथ क्लवका अध्यक्ष रमेश कंडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वन समुहका सदस्य गिरीराज पौडेलले गरेका थिए ।
Views: 0