निर्मला हत्या प्रकरणको रहस्य खुल्योः प्रहरी दबावमा, अपराधी खुलेयाम ! (हेर्नुहोस भिडियोसहित)

२०७५ चैत्र २, शनिबार ०८:५३ गते २०७५ चैत्र २, शनिबार ०८:५३ गते २०७५ चैत्र २, शनिबार ०८:५३ गते

दिलिपसिंह प्रायः बिहानै घरबाट निस्केर राति मात्रै घर आउँथेँ । निर्मलाको बलात्कारपछि हत्या भएको दिन पनि उनी राति मात्रै घर आएका थिए । घर आउँदा कपडा भिजेको थियो ।घरमा पनि उनको मति ठिक थिएन ।

आफ्नै बुहारीमाथि आँखा लगाउँथे । परिवारका सदस्य नै भन्छन्, ‘बरु जेलमै
हुँदा आनन्द थियो । उनी मान्छेहरुले पागल ठानोस् भनेर कपडा च्यातेर लगाउँथे । प्रहरीले खोजेका यी प्रमाणले दिलिपसिंह विष्टले नै निर्मलाको बलात्कारपछि हत्या गरेको शंका गर्न कठिन छैन ।

तर, प्रहरीमाथि चौतर्फ दबाव परेपछि दिलिपसिंहलाई छाडियो । र, उनको डिएनए पनि मिलेन । तर, अहिले निर्मलाकी आमा दुर्गादेवी पन्तले पनि दिलिसिंह विष्टमाथि नै शंका गर्न थालेकी छन् । निर्मला हत्या प्रकरणले नयाँ मोड लियो ! बलात्कारपछि हत्या भएकी निर्मला पन्तकी आमाले दिलिपसिंह विष्ट नै दोषि भएको शंका गरेसँगै घटनाले नयाँ मोड लिएको छ ।

दिलिपसिंह विष्ट र उनको परिवारका सदस्यले प्रहरीसमक्ष बयान दिएको भिडियो हेरेपछि निर्मलाकी आमा दुर्गादेवी पन्तको बुझाई र शंका बदलिएको हो । उनका अनुसार विष्ट रउनका परिवारले दिएको बयान र घटनाबीच निकै तालमेल छ ।


दीलिपसिंह विष्ट त्यो व्यक्ति हुन्, जसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विष्टले प्रहरीसमक्ष अपराध स्वीकारेका पनि थिए । तर, मानव अधिकारकर्मीलगायतले ‘मानसिक सन्तुलन गुमेको मान्छेलाई प्रहरीले खास अपराधी जोगाउन नक्कली अपराधी करार गरेको’ आरोप लगाए । चौतर्फी दबाव बढेपछि प्रहरीले विष्टलाई छाडिदियो । र, विष्टको डीएनए मिलेन पनि । तर, विभिन्न सञ्चारमाध्यमले गरेको ‘इन्भेस्टिगेटिभ रिपोर्टिङ र अपराध स्वीकार्दै प्रहरीमा दिएको बयानको भिडियो सार्वजनिक भएसँगै विष्टप्रति नै शंका बढेको थियो ।

बिहीबार जिल्ला अदालत कञ्चनपुरले निर्मला हत्या प्रकरणमा यातना र प्रमाण नष्ट गरेको अभियोगमा मुद्दा चलाइएका ६ जनालाई धरौटीमा रिहासँगै तत्कालीन एसपी डिल्लीराज विष्ट र डिएसपी अंगुर जिसीलाई पक्राउ पुर्जी जारी गरेकै दिन निर्मलाकी आमाले दिलिपसिंक विष्ट नै अपराधी भएको
शंका बढाउनु संयोग मात्रै नहुन सक्छ । निर्मलाकी आमा भन्छिन्, ‘पहिला गलत व्यहोरा लेखेर प्रहरीविरुद्ध उजुरी दिन लगाइएको रहेछ, अहिले आएर थाहा भयो ।’

जब प्रहरीले डिएनए परीक्षणका लागि आफ्नो रगत लिन खोज्यो, तब उनलाई प्रहरी पनि घटनाप्रति गम्भीर नै भएजस्तो लाग्यो । उनी भन्छिन्ः प्रहरीले पनि अनुसन्धानका क्रममा लापरबाही गरेको छ । लापरबाही गर्नेलाई कारबाही होस् ।

तर, बलात्कार र हत्या नै प्रहरीले गरेजस्तो चाहिँ लाग्दैन ।’
एकातिर छोरी वियोगको पीडा । त्यसमाथि घटनामाथि अनेक खेल खेल्नेको भीड । निर्मलाकी आमा दुर्गादेवीको आँखा नओभाएको धेरै भयो । उनी जताततै अन्धकार देख्छिन् । त्यहीं अन्धाकारभित्र छोरीको घुर्मैले तस्विर देख्छिन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *