मह किन्नुहुन्छ तर सुद्ध मह चिन्नुहुन्न ? यसरि छुट्य़ाउनुहोस मिसावटयुक्त मह।

२०७५ चैत्र ६, बुधबार २१:२३ गते २०७५ चैत्र ६, बुधबार २१:२३ गते २०७५ चैत्र ६, बुधबार २१:२३ गते

काठमाण्डौं- अत्यधिक व्यापारीकरण र नाफामुख बजारका कारण पछिल्लो समय प्राकृतिक रुपमा शुद्ध खानेकुराहरु कमै मात्रामा देखिन थालेका छन् । विभिन्न किसिमका मिसावट हुने गरेको तथ्य पनि बेलाबेलामा बाहिर आउछन् । यसै मध्ये पर्यावरणलाई निकै सन्तुलन गराउने मौरीको महमा पनि मिसावट हुने गरेको पाइन्छ । यदि शुद्ध मह किन्नु छ भने यी विधि अपनाउनुस मिसावट छ कि शुद्ध मह छ तुरुन्दै थाहा हुन्छ ।

शुद्ध मह पहिचान गर्ने तरिका :

१. कुनै भाँडोमा भरी पानी राख्नु होस । एक चम्चा वा एक थोपा मह हाल्नुहोस। मह बाक्लो हुने भएको हुनाले सीधै तल गई जेलको रुपमा बस्दछ । यदी तल पुग्नु भन्दा आगाडीनै पानीसंग मीसीयो भने मह अशुद्ध छ । महमा चास्नी मीसाइएको छ ।
२. शुद्ध मह जम्दछ । जमेको मह ढुक्क भएर किन्नुहोस । जमेको महमा आद्रता निकै कम रहने हुनाले, तरल मह भन्दा जमेको मह बर्षै सम्म पनि बिग्रीदैन । जमेको मह झन स्वादिलो हुन्छ ।
३. शुद्ध मह आँखामा लगाउँदा केही जलन हुन्छ तर आँखामा च्याप–च्याप लाग्दैन ।
४. महलाइ सेतो कपडामा दल्नुहोस र धुनुहोस । शुद्ध मह हो भने कपडामा दाग बस्दैन ।

५. मैनबबत्तीको धागोलाइ महमा डुबाउनु होस वा कपासलाइ बटारेर मैनबत्ति जस्तो बनाउनुहोस । त्यसलाइ महमा डुबाउनुहोस र बाल्नुहोस । यदी मह शुद्ध छ भने मह तातीदै गए पछी बिस्तारै बल्न थाल्दछ । अशुद्ध छ भने बल्दैन । च्वार्र–च्वार्र आवाज मात्र आउँछ भने ठान्नुहोस मह अशुद्ध छ ।
६. शुद्ध महलाइ कुकुरले खाँदैन । सुंघेर छोडीदीन्छ ।
७. शुद्ध महलाइ सर्प नजीक लग्दा कुलेलाम ठोक्छ । मह भएको स्थानमा सर्प कहिले पनि आउँदैन ।
८. शुद्ध मह कपडामा वा कागजमा राख्दा सोस्दैन ढीक्का भएर बस्दछ तर अशुद्ध महलाइ कागज वा कपडाले सोस्दछ ।
९. यदी तँपाइलाइ शुद्ध र अशुद्ध मह छुट्टाउन गाह्रो पर्यो भने जमेको मह ढुक्क संग किन्नुहोस । किनकी शुद्ध मह ढीक्का भएर जम्दछ । चीनी–पानी मिलाएर बनाएको मह कहिले पनि जम्दैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *