८ कक्षा पढ्ने छोरी दुब्लाउँदै गएपछि आमाले लगिन् अस्पताल, रिपोर्ट देख्दा आमा बेहोस

२०७५ चैत्र ८, शुक्रबार २१:३३ गते २०७५ चैत्र ८, शुक्रबार २१:३३ गते २०७५ चैत्र ८, शुक्रबार २१:३३ गते

बठिंडा। पंजाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् । छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् । आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् ।

किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने । साथीहरुको कुरा मानेर उनले पनि त्यो पाउडर सुँघेर हेरिन् । त्यसपछि विस्तारै त्यसको बानी भयो ।

उनले विगत १ वर्षदेखि यसको नशा गर्दै आएको बताएकी छिन् । किशोरीका अनुसार गाउँकै केही युवकले लागूपदार्थको सप्लाइ गर्छन् । उनले ती केटाहरुलाई चिन्दिनन् किनकि यो नशा उनका साथीहरुकहाँ आउँछ । साथीहरुले पछि उनलाई दिन्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *