छोरी जन्माएको भन्दै सुत्केरी श्रीमति हस्पिटलमै छोडेर श्रीमान फरार

२०७५ चैत्र ९, शनिबार ०७:४२ गते २०७५ चैत्र ९, शनिबार ०७:४२ गते २०७५ चैत्र ९, शनिबार ०७:४२ गते

झापा – छोरी जन्माएको भन्दै झापामा एक व्यक्तिले श्रीमतिलाई अस्पत्तालमै छाडेर भागेका छन् । झापाको बिर्ताबजार बस्दै आएका चन्दन दासले श्रीमति दिपा र नवजात छोरी अस्पत्तालको शैयामा छाडेर भागेका हुन् । दिपाका अनुसार चन्दनले छोरी जन्माएमा भेट्न आउँदिन भनेर भनेका थिए । नभन्दै उनी श्रीमति सुत्केरी हुने वित्तीकै बेपत्ता भए ।‘छोरी जन्मिए तिमीलाई भेट्न आउँदिन भनेर केही हप्ताअघि भन्नुभएको थियोे’, दीपाले भनिन्, ‘छोरी भएपछि अहिलेसम्म भेट भएको छैन ।’ छोरी जन्मेपछि गत बिहीबार फोनमा कुरा गरेपनि चन्दन भेट्न भने पुगेनन । अहिले उनको मोवाईल समेत स्विच अफ छ ।

बिर्तामोडको बीएण्डसी हस्पिटलमा तेस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी दीपा अहिले बेडमै परेकी छिन् ।
जीवनभरी साथ दिन्छु भन्नेले सुत्केरी हुँदासम्म हेर्न आएनन्दि पाले यो संगै तीन छोरी जन्माईन । एउटी छोरी ९ वर्षकी छिन् । अर्की ६ वर्षकी । तर ति दुई छोरी भने चन्दनका होईनन् । अघिल्लो श्रीमानको मृत्यु भएपछि यूवा उमेरमै एकल महिला बनेकी दिपाले चन्दनसंग प्रेम बिबाह गरेकी हुन् । ‘माइतीले हेरेनन अनि जीवनमा सहारा पाइएला कि भन्ने ठानेर अर्को प्रेम विवाह गरेकी हुँ’ दिपाले भनिन् ‘जीवनभरी साथ दिने वचन दिएका थिए, तर सुत्केरी हुँदासम्म हेर्न आएनन् ।’

उनीहरुको मन मिलेपछि मन्दिरमा गएर विवाह गरेको दिपाले बताईन् । दाङको घोराही माइती बनाउने दीपाको पहिलो विवाह भएकै दिनदेखि माइतीसँग सम्पर्क टुट्यो । उनलाई अहिले आफ्ना माइतीको सम्पर्क नम्बर पनि थाहा छैन ।
दिपाले छोरी जन्माएको बितिसकेपनि उनका परीवारले समेत कुनै चाँसो देखाएका छैनन् । उनी छिमेकी महिलाको भरमा अस्पतालमा बसिरहेकी छिन् । छिमेकीले नै उनको हेरचाह गरिरहेका छन् । सात दिनसम्म श्रीमान नआएपनि श्रीमान कुनै परिबन्दमा परेको हुन सक्ने भन्दै उनले श्रीमान आउने आशा मारेकी छैनन् । ‘आउनुहुन्छ होला’, उनले आशा व्यक्त गर्दै भनिन्, ‘कतै केही काममा पर्नुभयो कि ?’दिपालाई अहिले अस्पताल प्रशासनको सहयोग गरीरहेको छ । सुत्केरी वार्डमा कार्यरत स्वास्थ्यकर्मी कुन्ती राईले आफूहरु मिलेर खाना र कपडा सहयोग गरिरहेको बताइन् । उनले भनिन् ‘कपडाचाहिँ प्यासेन्ट आफैले धुनुहुन्छ ।’
फागुन १४ गते शल्यक्रिया गरेर बच्चा निकालेकी अस्पत्ताली डा डा.स्मृति जोशीका अनुसार अहलिे आमा र बच्चा दुबैको स्वास्थ्य ठीक छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed