दाङमा बन्ने भनिएको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बुटवलमा बन्ने निश्चित, टेण्डर आह्रवान

२०७५ असार १५, शुक्रबार १२:५१ गते २०७५ असार १५, शुक्रबार १२:५१ गते २०७५ असार १५, शुक्रबार १२:५१ गते

प्रदेश राजधानि बुटवल बनाएपछि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले दाङलाई अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र घोषणा गरेको थियो । देउवा नेतृत्वको निर्णयलाई कार्यान्वयन नगरेर वर्तमान केपि शर्मा ओलि नेतृत्वको सरकारले अन्तत बुटवलमा प्रदर्शनि हल बनाउन टेण्डर आह्रवान गरेको छ ।

डेढ अर्ब लागतमा ३५० स्टलको बुटवल प्रर्दशनी केन्द्र बन्दै
१२ हजार स्क्वायर मिटरको प्रदर्शनी हल

१२ असार, बुटवल । औद्योगिक ब्यापार मेला, महोत्सवहरु संचालन गर्न उद्योगी व्यवसायीहरुले लामो समयदेखि माग गर्दै आएको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बुटवलमा बन्ने निश्चित भएको छ ।

सरकारले गत माघमा मुलुकका सातै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्ऽ स्थापना गर्ने निर्णय गरेको थियो । सोही आधारमा प्रदेश ५ का लागि बुटवलमा प्रदर्शनी केन्द्रका लागि बुटवल मण्डपमा रहेको जग्गामा प्रस्ताव भएको थियो ।

बुटवल उप(महानगरपालिका( १०, रामनगरस्थित बुटवल मण्डपमा प्रस्तावित अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त बुटवल प्रदर्शनी केन्ऽ निर्माणका लागि ग्लोबल टेण्डर आब्हान भएपछि निर्माण हुने निश्चित भएको हो ।

नेपाल सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास र भवन निर्माण विभागले बुटवल कन्भेन्सन हल र प्रदर्शनी केन्द्रका लागि मंगलबार ग्लोबल टेण्डर आहृवान गरेसँगै यस क्षेत्रका उद्योगी व्यवसायीका छाता सँस्थाहरु उत्साहित भएका छन् ।

पुर्व पश्चिम राजमार्गसँगै जोडिएको बुटवलको राजमार्ग चौराहाबाट पूर्वतर्फ रहेको बुटवल मण्डपको साढे १६ बिघा जग्गा मध्ये साढे १० बिघा क्षेत्रफलमा अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भइरहेको छ भने बांकी रहेको ६ बिघा क्षेत्रफलमा प्रदर्शनी केन्द्र बन्नेछ ।

एक अर्ब ५० करोड भन्दा बढी लागत अनुमान गरिएको यो प्रदर्शनी केन्द्र मुलुककै नमूना हुने छ । बुटवल मण्डपमा राजधानीको भृकुटी मण्डपजस्तै भित्र खुल्ला भएको ठूलो भवन हुनेछ ।

बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र कार्यान्वयन इकाईका आयोजना प्रमुख शिखर लामाका अनुसार १२ हजार स्क्वायर मिटरको प्रदर्शनी हल भएको भवनमा ३ सय ५० बढी स्टल बनाइने छ ।

जहाँ ३ सय जना र २५० जना अट्ने दुई वटा हल र ३५० जनाले एकैसाथ खानाखान सकिने क्याफेटेरिया ९भोजनालय० पनि बन्ने छ ।

सोही प्रदर्शनी केन्ऽमै चिल्डे्रन पार्क, व्यवस्थित पार्किङ क्षेत्रसहित ५ सय स्क्वायर मिटर क्षेत्र हरियालीयुक्त हुनेछ ।

३० दिने टेण्डर आव्हानसँगै चार महिनाभित्र बोलपत्र स्वीकृत गरी छनोट हुने कम्पनीसँग ठेक्का सम्झौता गरी ६ महिनाभित्र प्रदर्शनी केन्द्र निर्माणको काम शुरु गरिने आयोजना प्रमुख लामाले बताए ।

२७ महिनाभित्र प्रदर्शनी केन्द्र निर्माणको काम पूरा गर्ने लक्ष्य रहेको लामाले बताए । तत्कालीन एमालेका सांसद विष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रदर्शनी केन्द्र बनाउन विगतदेखि पहल गर्दै आएका थिए ।

पौडेल अर्थमन्त्री बनेका बेलामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि वजेट विनियोजन गरेका थिए । ‘लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रलाई विकासको रोलमोडल बनाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल निर्माणलाई मैले आधा दशक अघिदेखि नै आफ्नो ड्रिम प्रोजेक्टका रुपमा अघि सारेको थिए’( सांसद पौडेलले अनलाइनखबरसंग भने ।

बुटवल मण्डपमा अस्थायी संरचना बनाएर औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला महोत्सव सञ्चालन गर्नुपर्दा हरेक वर्ष करिब ५० लाख रुपैयाँ खेर गइरहेको अवस्था छ ।

प्रदर्शनी स्थलका लागि व्यवस्थित स्थायी संरचना बन्ने भएपछि यस क्षेत्रका रुपन्देही उद्योग संघ, बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संगठनलगायतका संस्थाहरुले खुशी व्यक्त गरेका छन् । यी चार वटै संस्थाले बुटवल मण्डपमा हरेक वर्ष अस्थायी संरचना निर्माण गर्दै वर्षेनी मेला महोत्सव गर्दै आएका थिए ।

रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले टेण्डर आव्हान भएसंगै स्थायी प्रदर्शनी केन्द्र बन्नेमा उद्योगीहरु विश्वस्त भएको र उत्साह जागेको बताए ।

उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको माग संघले एक दशक अघि देखि गर्दै आएकोमा अब साकार हुने बताए । ‘ब्यापार मेला आयोजना गर्दा अस्थायी संरचनामा वर्षेनी लाखौं खेर गइरहेको थियो’(हमालले भने, ‘अब त्यो रकम जोगिन्छ र दर्शकरउपभोक्तालाई सहज पनि हुन्छ ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *