काठमाडौं – नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट ९भूउपग्रह० ४ वैशाखको राति २ बजे अमेरिकाको भर्ज्निियाबाट प्रक्षेपण हुने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी ९ज्याक्सा० को सहयोगमा प्रक्षेपण गरिने भएको हो ।जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ ।नानो स्याटेलाइट लन्चिङ सफलताको दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत रहेको नास्टको प्राविधिक संकायका प्रमुख इन्जिनियर डा। रवीन्द्रप्रसाद ढकालले बताए ।

एजेन्सी – साविकको विजेता चेन्नई सुपर किंग्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पहिलो हार खेपेको छ । बुधबार राति भएको खेलमा चेन्नई मुम्बई इन्डियन्ससँग ३७ रनले पराजित भयो । चेन्नईले यसअघिका तीन खेलमा लगातार जित निकालेको थियो ।मुम्बईले दिएको एक सय ७१ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । चेन्नईका लागि केदार जादवले ५८ रन बनाए । सुरेश रैनाले १६, कप्तान महेन्द्र सिंह धोनी र शार्दुल ठाकुरले समान १२–१२ रन बनाए । बलिङमा मुम्बईका लाथिस मालिंगा र हार्दिक पाण्ड्यले तीन तीन विकेट लिए । जासन बेन्ड्रोफले दुई विकेट झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक ५९ रन बनाए । कुर्नल पाण्ड्यले ४२ र हार्दिक पाण्ड्यले अविजित २५ रन बनाए ।बलिङमा चेन्नईका दिपक चाहर, रोहित शर्मा, इमरान ताहिर, रविन्द्र जडेजा र ड्याने ब्राभोले समान एक एक विकेट लिए । जितसँगै छैटौं स्थानमा रहेको छ । मुम्बईले चार खेलबाट चार अंक बनाएको छ । पहिलो हारसँगै चेन्नईले चार खेलबाट ६ अंक बनाएको छ । चेन्नई तालिकाको दोस्रो स्थानमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *