काठमाडौ । अहिले बजारमा धेरै ब्राण्ड, फिचर र मूल्यका स्मार्टफोनहरु पाइन्छन् । त्यसमा ब्राण्ड तथा फिचर अनुसार फरक फरक किसिमको मूल्य पर्दछ । त्यसैले यदि तपाई पनि स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ भने अपरेटिंग सिस्टम, स्टोरेज तथा र्याम, सेक्योरिटी फिचर्स, अडियो वा स्पीकर फिचर, हेडफोन ज्याक वा युएसबी पोर्टको प्रकार हेरेर मात्र किन्नुहोला । विचार गर्नुस् , स्मार्टफोनको बारेमा राम्ररी नबुझी किनेर पछि चाडै बिग्रेर पछुताउनु पर्ला । त्यसैले किन्नु भन्दा अगाडि यीवाहेक पनि तलका ५ कुरामा पनि ध्यान दिनुस् ।
स्मार्टफोनको गुणस्तर ,
प्रायजसो फोनमा धातु वा प्लास्टिकको बडी हुने गर्दछ । साथै फोनमा काँचले ढाकिएको प्यानल पनि हुन्छ । त्यसैले यदि तपाई हातबाट झारेर धेरै मोबाइल फुटाउने समस्या छ भने स्क्रिनमा गोरिल्ला ग्लास प्रोटेक्सन भएको किन्नु धेरै राम्रो हुन्छ । यो किसिमको स्मार्टफोन निकै बलियो हुन्छ ।
स्मार्टफोनको डिस्प्ले
स्मार्टफोन किन्दा दोस्रो ध्यान दिनुपर्ने कुरा भनेको स्मार्टफोनको डिस्प्ले हो । यदि तपाईले सामान्य खालको फोन किन्दै हुनुहुन्छ भने बजारमा अहिले आएको फुल एचडी डिस्प्ले राम्रो हुन्छ । विचार गर्नुस् डिस्प्ले समेत फोनको लुक्कलाई उत्कृष्ट बनाउछ ।
प्रोसेसर
स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने तेस्रो कुरा भनेको प्रोसेसर हो । किनभने प्रोसेरको सम्बन्ध एप्सको प्रोसेसिंग स्पीडसँग रहेको हुन्छ । यदि तपाई धेरै मोबाइल फोन चलाउनुहुन्छ भने कम्तीमा स्नापड्रागन ६५२ देखि ८२०वा २१ सम्म किन्दा राम्रो हुन्छ ।
क्यामरा
अहिले युवायुवतीहरुले मोबाइलफोन किन्दा धेरै ध्यान दिने कुरा भनेको क्यामरा हो । त्यसैले अहिले डब्बल क्यामरा भएको मोबाइल सामान्य जस्तै भएकाले ट्रिपल क्यामरा सेटअप भएको मोबाइल फोन पनि आउन थालेका छन् । त्यसैले ती क्यामराहरुको फिचरको बारेमा राम्ररी बुझेर मात्र किन्नुहोला ।
ब्याट्री
अहिले युवायुवती धेरै सामाजिक सञ्जालमा झुण्डिने भएकाले सबैलाई ब्याट्रीको खपत हुने मोबाइल फोन आवश्यक परेको छ । त्यसैले यदि तपाई धेरै मोबाइल फोन चलाउनुहुन्छ भने ३००० देखि ३५००मिलि मिलि एम्पियर आवर क्षमताको ब्याट्री किन्नुहोस् ।
Views: 0