खाएको तीन दिनपछि दिसामा सुनको सिक्री भेटियो

२०७५ श्रावण १४, सोमबार १३:१३ गते २०७५ श्रावण १४, सोमबार १३:१३ गते २०७५ श्रावण १४, सोमबार १३:१३ गते

१४ साउन, विराटनगर

कोशी अञ्चल अस्पतालमा प्रहरी निगरानीमा राखिएका इटहरीका सुरजकुमार नेपालले सोमबार सुनको सिक्री दिसा गरेका छन् ।

तीन दिनअघि विराटनगर जलजला रोडको राठी ज्वेलर्समा ग्राहक बनेर गएका उनले एक तोला सुनको सिक्री निलेपछि प्रहरीले पक्राउ गरी अस्पतालमा राखेर निगरानी गरेको थियो ।

 

नेपालले सिक्री निलेको भन्दै ज्वेलर्सका सञ्चालक अरुण राठीले प्रहरीमा उजुरी गरेपछि उनलाई अस्पताल लगिएको थियो । एक्स-रे रिपोर्टमा पेटभित्र धातु देखिएपछि प्रहरी निगरानीमा उनलाई कोशी अञ्चल अस्पतालमा राखिएको थियो ।

सोमबार ३१ वषर्ीय नेपाललाई बल्ल पेट खुल्यो र दिसाबाट सुनको सिक्री निस्किएको थियो । प्रहरीले नेपाललाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

मोरङका प्रहरी उपरीक्षक मनोज केसीले नेपाललाई सुन चोरीको आरोपमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

‘चोरी गरिएको भनिएको वस्तु सबुद नै यसअघि गायव भएको थियो’, प्रहरी उपरीक्षक केसीले भने ‘अब सबुद प्राप्त भएको छ, हामीले मुद्दा दर्ता गरी उनीमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएका छौं ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *