खुशीको खबर: नेपालको पहिलो भूउपग्रह प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गर्ने

२०७६ बैशाख ३, मंगलवार ०९:२६ गते २०७६ बैशाख ३, मंगलवार ०९:२६ गते २०७६ बैशाख ३, मंगलवार ०९:२६ गते

काठमाडौं:नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट वान’को अन्तरिक्ष प्रक्षेपणको भिडियो अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)ले आफ्नो वेब पेजबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ। भूउपग्रह नेपाली समय अनुसार बिहीबार बिहान २ः३१ बजे अमेरिका, भर्जिनिया, वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण हुनेछ।

‘सो समयमा अर्बिटल एटिकेटको सिग्नस इलाभेन मिसनको रकेट प्रक्षेपण हुन्छ,’ भूउपग्रह निर्माता आभास मास्केले जापानबाट अनलाइन कुराकानी गर्दै भने, ‘अन्तरिक्ष यात्रीको कार्गो बोकेर जाने सो रकेटमा भूउपग्रह राखेर पठाउँदैछौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा करिब डेढ महिना राखेपछि नेपाली स्याटलाई अन्तरिक्षमा छोडिनेछ।’

आइएसएसका लागि कार्गो लिएर जाने एन्टारेस रकेटमा नेपालसँगै श्रीलंकाको ‘रावण वान’ र जापानको युगुइसीमा नानो भूउपग्रह पनि अन्तरिक्षमा प्रक्षेपण हुनेछन् । १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह मानिसका हातमा अटा उँछ। यो १ किलो ३३० ग्रामको छ। नेपाल वान भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ।

प्रत्येक ९० मिनेटमा पृथ्वीका एकचक्कर चलाउने यसले दैनिक १६पटक पृथ्वीका परिक्रमा गर्नेछ। त्योमध्ये दैनिक चारपटक नेपालको आकाशमा आइपुग्नेछ। यो नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुन लागेको हो। नेपालको चन्द्रसूर्य अंकित झण्डा अंकित सो भूउपग्रह प्रक्षेपणका खर्च नेपाल सरकारले ब्यहोरेको छ। त्यसका लागि नेपाल सरकारले २ करोड रुपैयाँ खर्च गरेको छ।

जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा भूउपग्रह प्रविधिमा विद्यावारिधि गरिरहेका आभास मास्केले क्युटेकको बर्ड्स परियोजना अन्तर्गत छात्र वृत्तिमा नानो भूउपग्रह निर्माण गरेका हुन् । जापानले आफ्नो छुट्टै अन्तरिक्ष अनुसन्धान कार्यक्रम नभएका देशहरुलाई सहयोग गर्न ज्वाइन्ट ग्लोबल मल्टिनेसनल बर्डस् स्याटलाइट परियोजना सञ्चालन गर्दै आएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *