२२ वर्षीया नेपाली युवती आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

२०७६ बैशाख ११, बुधबार १२:५९ गते २०७६ बैशाख ११, बुधबार १२:५९ गते २०७६ बैशाख ११, बुधबार १२:५९ गते

लण्डन । आसन्न बेलायतको स्थानीय तह निर्वाचनमा एक नेपाली युवती पनि काउन्सिलर पदमा भिड्ने भएकी छन् । गिल्डफोर्ड काउन्सिलको परब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।आकांक्षा लण्डनकै मर्टन काउन्सिलमा केहि वर्षअघि काउन्सिलर निर्वाचित स्वर्गीय गमबहादुर गुरुङकी कान्छी छोरी हुन् । सर्रे विश्वविद्यालयमा राजनीति शास्त्रको अन्तिम वर्षमा अध्ययनरत उनी उक्त विश्वविद्यालयको लेबर समर्थक विद्यार्थीहरुको संगठनको निर्वाचित सहअध्यक्ष पनि हुन् ।४ वर्षअघि लेबर पार्टीको सदस्यता लिएकी आकांक्षा त्यसयता पार्टीका विभिन्न कार्यक्रम तथा अभियानहरुमा सक्रिय रहंदै आएकी छन् । उनले लेबर पार्टीका सांसदहरुसंग मिलेर समेत कैयौं प्रोजेक्टहरुमा काम गरिसकेकी छन् । आकांक्षा उम्मेदवार रहेको क्षेत्रमा यसअघि कञ्जरभेटिभ पार्टीकै वर्चश्व रहंदै आएको थियो । ‘म लेबर पार्टीको प्रतिनिधिको रुपमा चुनावी मैदानमा जाँदैछु । मेरो विवेक, क्षमता र सामथ्र्यले भ्याएसम्म मेरो उम्मेदवारीलाई न्याय दिने कोशिस गरिरहेकी छु’, आकांक्षाले सुनाइन् ।

सो क्षेत्रमा कैयौं नेपालीहरु रहेको बेलायती सेनाको एक क्याम्प छ भने अरु केही नेपालीहरुको पनि बसोबास छ । भविष्यमा राजनीति तथा मानवअधिकारकै क्षेत्रमा काम गर्ने लक्ष्य बनाएकी आकांक्षासंग ठूलो महात्वाकांक्षा छ । भन्छिन्, ‘म राजनीति वा मानवअधिकार जुनसुकै क्षेत्र भएपनि अन्तर्राष्ट्रिय तहमै क्रियाशिल रहन चाहन्छु । जसले गर्दा मैले योगदान दिन सक्ने क्षेत्र अझ बढि फराकिलो हुन सकोस् ।’

नेपालमा जन्मिएर ७ वर्षको उमेरमै बेलायत आएकी आकांक्षालाई बेलायतमा बस्ने नेपालीहरु यहाँको बेलायती समुदायसंग समायोजन हुनु अनिवार्य जस्तै लाग्छ । ‘हामीले आफ्नो ओरिजिन त बिर्सिनु हुंदैन नै, तर जुन ठाउंमा बस्छौं, त्यहांको सभ्यता, संस्कृति सिकेर समायोजन हुन पनि सक्नुपर्दछ’, आकांक्षा भन्छिन्, ‘बेलायतमै जन्मिएका वा यतै हुर्किएका मजस्तै धेरै नेपाली युवाहरुमा पनि यो एउटा समस्या नै छ । त्यसलाई हल गर्ने दिशामा म केहि काम गर्न चाहन्छु ।’राजनीतिमा लागेर युवा, महिला तथा एथ्निक समुदायका सदस्यहरुको प्रतिनिधित्व गर्ने ईच्छा आकांक्षाको छ । नेपालको राजनीतिलाई समेत नजिकबाट नियाल्ने गरेकी उनी विदेशमा बस्ने नेपालीको दोहोरो नागरिकताको अभियानमा समेत संलग्न हुँदै आएकी छन् ।आफ्ना स्वर्गीय बाबुको बाटो पछ्याउँदै आकांक्षा राजनीतिमा सक्रिय बन्दै गर्दा उनको परिवार पनि गौरवान्वित छ । उनको परिवारसंग नजिकका एक आफन्त, चारभञ्यांग तमु समाज यूकेका पूर्व अध्यक्ष तथा आइएनएस यूकेका वर्तमान अध्यक्ष रिटायर्ड लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङ भन्छन्, ‘यति सानो उमेरमा आकांक्षाले गरेको प्रगति देख्दा हामी सिंगो परिवारले गौरव महसुस गरेका छौं । उनको राजनीतिक यात्रा अझै धेरै माथिसम्म पुगोस् भन्ने हाम्रो कामना छ । आउँदो मे २ तारिखमा हुने निर्वाचनमा अल्डरसट र केन्टको मेडस्टोनमा समेत एकएक नेपाली उम्मेदवार छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *