घरको सवैतिर वाइफाई नटिपेर हैरान हुनुन्छ भने यो उपाय अपनाउनुस्

२०७६ बैशाख १७, मंगलवार ०७:१७ गते २०७६ बैशाख १७, मंगलवार ०७:१७ गते २०७६ बैशाख १७, मंगलवार ०७:१७ गते

घरमा इन्टरनेट जोडेपनि घरको सबै कोठामा वाइफाइ नपुगेर चिन्तित हुनुहुन्छ ? त्यस्तो चिन्ताले सताएको छ भने अव मुक्त हुनुहोस् । किनकी वाईफाईको सिग्नल घरका सबै ठाउँमा राम्रोसँग टिप्ने बनाउन भने सकिन्छ ।घरमा पुरानो राउटर राखिएको छ भने त्यसलाई वाईफाई सिग्नलको डेड स्पट या सिग्नल नभएको ठाउँको समस्या समाधानका लागि प्रयोग गर्न सकिन्छ ।यसका लागि वाईफाई सिग्नल एक्सटेन्डरबाट पनि काम गर्न सकिन्छ । तर उनीहरु राउटरबाट आएको सिग्नललाई वायरलेस प्रविधिबाट कनेक्ट गर्छन् ।वाईफाई राउटरमा तार जोडेमा त्यसको सिग्नल थप बलियो हुन सक्छ । यस्तो राउटरको सिग्नललाई घरको सबै भागमा पुर्याउनका लागि त्यसको सफ्टवेयरमा केही फेरबलद गर्नुपर्छ । घरमा इन्टरनेटको तार जोडिएको छ भने पुरानो राउटरबाट थप अर्को एक्सेस प्वाइन्ट बनाउन सकिन्छ । तर तार जोडिएको छैन भने पुरानो राउटरबाट रिपिटर बनाउनु राम्रो हुन्छ ।यसका लागि सबैभन्दा पहिले बिजुलीमा कनेक्ट गरेर रिसेट बटनलाई झण्डै तीस सेकेण्डसम्म थिच्नु पर्छ । त्यसपछि राउटर रिसेट हुन्छ । यसपछि घण् सेकेण्डकालागि बिजुलीसँगको कनेक्सन हटाएर बटनलाई थिच्नु पर्छ । त्यसपछि राउटरलाई बिजुलीसँग फेरि जोडेर रिसेट बटनलाई फेरि ३० सेकेण्डसम्म थिच्नुपर्छ ।यसपछि राउटरको सेटिङ पूरा हुन्छ । घरको जुन ठाउँमा वाईफाईको सिग्नल कमजोर हुन्छ, त्यहाँ यसरी रिसेट गरेको राउटर राख्नु पर्छ । एक पटक यो राउटर बेस राउटरसँग कनेक्ट भएपछि सबै ठाउँमा वाईफाईको सिग्नल राम्रो हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *