नेटवर्किङ व्यवसाय सञ्चालन गर्दा ३ जना पक्राउ

२०७६ श्रावण ६, सोमबार २२:३६ गते २०७६ श्रावण ६, सोमबार २२:३६ गते २०७६ श्रावण ६, सोमबार २२:३६ गते

चितवन : प्रतिवन्धित नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने ३ जना चितवनबाट पक्राउ परेका छन। सुनसरी धरान उपमहानगरपालिका ७ का ३७ वर्षीय सुमन भन्ने जहरमान घिसिङ, गोरखा पालुङटार नगरपालिका १० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देही बुटवल उपमहानगरपालिका ९ की ४३ वर्षीया पार्वती केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनीहरूलाई नेटवर्किङ सञ्चालन गरिरहेको विशेष सूचनाको आधारमा आइतबार पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले जनाकारी दिए। उनीहरूमाथि जिल्ला अदालतबाट सोमबार म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ। पक्राउ पर्नेहरू प्रतिवन्धित बायनरी ह्यब्रिड नामक नेटवर्किङ व्यवसायअन्तर्गत पिरामिड शैलीको व्यापारमा सक्रिय रहेको पाइएको प्रहरीले जनाएको छ। घिसिङ सो संस्थाको अध्यक्ष र बाँकी २ जना सदस्य रहेको बताइएको छ।

एलटी एभरेष्ट हर्वल लाइफ ग्लोबल प्रालि नामको संस्था काठमाडाैंमा दर्ता गरी चितवनमा समेत सर्वसाधारणलाई ठगिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाई छ। प्रतिवन्धित नेटवर्किङ व्यवसाय गर्नेहरू जिल्लामा सक्रिय रहेको भन्दै केही समयअघि प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको थियो भने अनुसन्धान गरिरहेको थियो।थाहा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed