मुक्तककार गौतमले गरे एक सय एक मुक्तक वाचन

२०७५ भाद्र १६, शनिबार १२:१० गते २०७५ भाद्र १६, शनिबार १२:१० गते २०७५ भाद्र १६, शनिबार १२:१० गते

अमर क्षितिज भण्डारी,

भाद्र १६ दाङ

लेखक संघ दाङको आयोजनामा मुक्तककार राजिब गौतमको एकल रचना वाचन घोराहीमा सम्पन्न भएको छ । लामो समय देखी मुक्तक लेख्दै आउनु भएका मुक्तककार गौतमले आज बिभिन्न बिषय र परिस्थीतीमा लेखिएका १ सय १ मुक्तक वाचन गर्नु भएको थियो । राजनितिक, सामाजिक बिकृती, कुसंस्कार र भष्टाचारका बिरुद्धमा लेखिएका मुक्तक वाचन गर्नु भएका गौतमका मुक्तकहरुका बारेमा प्राज्ञ बरिष्ठ साहित्यकार उत्तमकृण मजगैंयाले समिक्षा गर्नु भएको थियो ।

सामाजिक अध्यारो पक्षको तिब्र बिरोध र उज्यालो पक्षको चित्रण गर्दै गौतमका मुक्तकहरु आएको भन्दै यसले समाज सुधारको जगमा नयाँ इटा थप्ने काम भएको समिक्षक मजगैंयाले बताउनु भयो ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको सभापतित्व तथा राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणी देवकोटाको प्रमूख आथित्यमा भएको कार्यक्रममा लेखक संघ दाङका उपाध्यक्ष गोबिन्द पौडेल, साहित्यकार नरेशजंग राणा, नारद प्रसाद भण्डारी, नगेन्द्र गुरु, कमला रिजाल लगाएतकाले शुभकामना मन्तब्य तथा आआफ्ना रचना वाचन गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण लेखक संघ दाङका सहसचिब हुमबहादुर डिसीले गर्नु भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *