देउखुरीको मोरीघाटमा करेन्ट लागेर १ मजदुरको मत्यु १ घाइते

२०७५ आश्विन ५, शुक्रबार १३:०६ गते २०७५ आश्विन ५, शुक्रबार १३:०६ गते २०७५ आश्विन ५, शुक्रबार १३:०६ गते

ओमप्रकाश गुप्ता
भालुवाङ ५ असोज । देउखुरीको राप्ती गाउँपालिका ४ मौरीघाटमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने आर्का एक जना घाइते भएका छन् । शुक्रवार दिउसो करिव १ बजेको समयमा कृष्ण प्रसाद पौडेलको घरको छड ढलानको काम गरिरहेका बेला छडले विद्युतको तार छुदा उनीहरुलाई करेन्ट लागेको हो । करेन्ट लागेर राप्ती गाउँपालिका ७ बड्का सिसहनियाँ निवासी २७ वर्षिय सुनिल चौधरीको घटना स्थलमै मृत्यु भएको छ । भने सोही ठाउँ निवासी २२ वर्षिय सदन चौधरी घाइते भएका छन् । घाइते चौधरीको लमही अस्पतालमा उपचार भइरहेको छ । भने मृतकलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *