दशैँका लागि अग्रीम टिकट बुकिङ खुल्ला

२०७५ आश्विन ९, मंगलवार ०२:१० गते २०७५ आश्विन ९, मंगलवार ०२:१० गते २०७५ आश्विन ९, मंगलवार ०२:१० गते

दशैँका लागि अग्रीम टिकट बुकिङ खुल्लाकाठमाडौँ, ९ असोज । दशैँ मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी आजदेखि देखि अग्रीम टिकट बुकिङ खुला हुने भएको छ ।

सरकारले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेसँगै व्यवसायीहरु अग्रिम टिकट बुकिङ गर्न तयार भएका हुन् । भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सोमबार बसेको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

महासङ्घका महासचिव पुन्यप्रसाद (सरोज) सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि आजदेखि टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *