भाषणमात्रै गरे जनताले कम्युनिष्टलाई पत्याउँदैनन्: प्रचण्ड

२०७५ आश्विन ९, मंगलवार ०५:५९ गते २०७५ आश्विन ९, मंगलवार ०५:५९ गते २०७५ आश्विन ९, मंगलवार ०५:५९ गते

भाषणमात्रै गरे जनताले कम्युनिष्टलाई पत्याउँदैनन्: प्रचण्डअसोज,काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाममुखी विकासका काम गर्न नसके जनताले कम्युनिष्टलाई अर्को चुनावदेखि नपत्याउने बताएका छन्।

बहुमत, सक्षम नेता/कार्यकर्ता, जनता र प्रतिपक्षको साथ हुँदा पनि परिणाममुखी काम नगरेर भाषण मात्रै गर्ने हो भने जनताले कम्युनिष्टको विकल्प खोज्ने उनले बताए।

जिल्ला समन्वय समिति चितवनले सोमबार भरतपुरमा आयोजना गरेको दोस्रो जिल्ला सभा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विकास गर्न नसके जनताले कम्युनिष्टलाई पत्याइराख्नुपर्ने कारण नहुने बताएका हुन्। ‘प्रतिपक्षीले पनि विकासमा अवरोध हुँदैन भनेको छ।

यति हुँदाहुँदै पनि काम गर्न सकेनौं भने अर्को पटकदेखि जनताले हामीलाई पत्याउनुपर्ने कुनै कारण बाँकी रहँदैन’, प्रचण्डले भने, ‘अत्यधिक बहुमत, सक्षम नेता, कार्यकर्ता, जनता सबै हुँदा पनि कामलाई परिणाममा देखाउन सकेनौं भने जनताले विकल्प खोज्छन्।’

विकास गर्न सक्छौं भनेर जनतासामू गरिने प्रतिवद्धता तथा भाषणलाई जनताले अर्को पटकदेखि साथ नदिने उनले बताए। ‘किन पत्याउने हामीलाई? सम्पूर्ण चिज हुँदाहुँदै पनि र हामीले गर्छौं भन्ने प्रतिवद्धता जनताका अघि गर्दागर्दै पनि हामीले परिणामत गर्न सकेनौं भने हामीलाई पत्याइराख्नुपर्ने आवश्यकता रहँदैन,’ प्रचण्डले भने।

जनताको पक्षमा परिणाम देखिने गरी काम गर्न नसके जनताले अर्को पार्टीलाई पत्याउने र त्यो कम्युनिष्टका लागि दु:खद हुने उनको भनाइ छ।उनले जिल्ला समन्वय समितिलाई समन्वय गर्न सक्ने गरी परिकल्पना गरिएको भए पनि अधिकार तथा स्रोत साधन नभएको बताए। समन्वय समितिमा पर्याप्त बजेट र कर्मचारी हुनुपर्ने उनले बताए।
onlinebutwal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *