ट्राफिक प्रहरीको चाडबाड योजना, उपत्यकाबाट बाहिरिने प्रत्येक नाकामा चेक पोष्ट

२०७५ आश्विन १२, शुक्रबार ११:२१ गते २०७५ आश्विन १२, शुक्रबार ११:२१ गते २०७५ आश्विन १२, शुक्रबार ११:२१ गते

ट्राफिक प्रहरीको चाडबाड योजना, उपत्यकाबाट बाहिरिने प्रत्येक नाकामा चेक पोष्टअसोज १२, २०७५ काठमाडौं : नेपालीहरूको महान् चार्डपर्व दशैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उपत्यका ट्राफिक महाशाखाले विषेश ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ। शुक्रबार महाशाखामा पत्रकार सम्मेलन गर्दै महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वशन्त पन्तले योजना सार्वजिनक गरेका हुन्। विगतका चाडपर्वमा भएको ट्राफिक व्यवस्थानपनमा भएका कमीकमजोरीलाई मध्यनजर राख्दै यसवर्षको दशैँतिहार सबैको लागि सुखद रहोस् भन्नका निम्ति ट्राफिक प्रहरी सचेत रहेको पन्तको भनाइ छ। ‘चाडपर्वको समयमा बढी आवागमन हुने भएकाले सार्वजनिक सवारीका साधनहरूले मनोमानी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने जुन चलन छ, त्यसमा ट्राफिक प्रहरी सचेत रहेर कारबाही गरिनेछ,’ पन्तले भने। चाडपर्वको मौकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकहरूलाई कठा कारबाही हुने पन्तको भनाइ छ। विगतका चाडपर्वको समयमा मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना हुने गरेको भन्दै त्यसको रोकथामको लागि उपत्यकाबाट बाहिरिने विभिन्न नाकामा चेक जाँचजाँचसमेत कडा पारिएको पन्तले बताए। उपत्यका ट्राफिक प्रहरीको दशैँ योजना लामो दुरीका सवारीसाधनमा हुने, समस्य समाधानको लागि उपत्यकाबाट बाहिरिने नाकाहरू नागढुङगा, बालाजु, थानकोट, फर्पिङ जगाती, लगायतका ठाउँमा विशेष ट्राफिक चेक प्वाइन्ट। दुईजना सवारी चालक अनिवार्य। ओभरलोड, सवारीको अन्यभाग तथा छतमा यात्रु तथा मालसमान राखे कडा कारबाही हुने। टिकट काउण्टरमा सादा पोसाकका प्रहरी परिचालन र निगरानी बढाउने।

सर्वसाधारण यात्रुहरूलाई सुरक्षासम्बन्धी सहायत कक्षा, पर्चा पम्प्लेट वितरण र सुरक्षित यात्राको बारेमा जानकारी। भिडभाड हुने स्थलटिकट काउण्टरहरूमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सादा पोसाकका प्रहरी परिचालन गरि निगरानी बढाउने। टिकट काउण्टरमा टिकट काट्ने व्याक्तिको सहजै पहिचानको लागि परिचय पत्रको व्‍यवस्था। टिकट अनुसारको मूल्य लिए नलिएको बारे अनुगमन। उपत्यकाका विभिन्न किनमेल हुने, ठाँउमा सवारी चाप नियन्त्रणको लागि आवश्‍यक डाइभर्सनको व्यवस्था। छठ पर्वको बेला मेला लाग्ने गुह्‍येश्वरी, कमलपोखरी, बागमती किनार थापाथली, बल्खु एरियामा सवारीसाधन डाइभर्सन गरि पार्किङको व्‍यवस्था हुने। दशैँका वेला उपत्यकामा विगत दुई वर्षको दुर्घटना तथ्यांक ट्राफिक प्रहरीको तथ्यांकअनुसार दुई आर्थिक वर्षको घटस्थापनादेखि पूर्णिमा सम्ममा उपत्यकामा ३ सय ३० सवारी दुर्घटना भएका छन्। आर्थिक वर्ष ०७३-७४ मा १ सय ५३ सवारी दुर्घटना भएका छन्। त्यसमध्ये १० जनाको मृत्यु भएको छ। त्यस्तै सातजना गम्भीर घाइते र १ सय ११ सामान्य घाइते भएका थिए। त्यस्तै ०७४-७५ को घटस्थापनादेखि पूर्णिमा सम्ममा १ सय ७७ दुर्घटना भएको तथ्यांक छ। त्यसमध्ये चारजनाको ज्यान गएको छ, भने सात गम्भीर घाइते र १५६ सामान्य घाइते भएका थिए। दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन रहेको ट्राफिक प्रहरीको तथ्यांक छ।
thahakhabar.

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *