बिहानै आयो दुखद खबर : बस र ट्रक एकआपसमा ठोक्किदा दुईको घटनास्थलमा ज्यान गयो , ११ को अवस्था गम्भीर

२०७५ आश्विन १३, शनिबार ०३:०८ गते २०७५ आश्विन १३, शनिबार ०३:०८ गते २०७५ आश्विन १३, शनिबार ०३:०८ गते

बिहानै आयो दुखद खबर : बस र ट्रक एकआपसमा ठोक्किदा दुईको घटनास्थलमा ज्यान गयो , ११ को अवस्था गम्भीरबिहानै आयो दुखद खबर : बस र ट्रक एकआपसमा ठोक्किदा दुईको घटनास्थलमा ज्यान गयो , ११ को अवस्था गम्भीर

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ ।

दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट जाँदै गरेको ना६ख ७७१९ नं को ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसचालक बा“के कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ११ को भरतपुरमा, चारको मध्यविन्दु अस्पताल डण्डा र १७ को कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले सडक अवरुद्ध भएको छ । घाइतेको विवरण आउन बा“की रहेको छ । via~dcnepal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *