श्रीमतीको फिल्मको प्रशंसा गर्दागर्दै छोरीले धमलाको मुख बन्द गरिदिएपछि..काठमाडौँ । नायिका एलिजा गौतम र नायक समुद्र पण्डित अभिनीत चलचित्र ‘अनुराग’ आजबाट प्रदर्शन भएको छ। अनुराग दुवैको लागि डेब्यु चलचित्र हो।
चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति, भरत गौतम र गीता भेटवालको लगानीका साथै निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘अनुराग’संगै ‘कथा काठमाडौ’ र ‘छिरिङ्ग’ एकसाथ प्रदर्शनमा आएका छन्।
चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। एक पृथक साङ्गीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो। उक्त फिल्ममा लाइन प्रोडुसर दीपक गौतम रहेका छन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन्।
फिल्ममा ताराप्रकाश लिम्बू र सरोज पोखरेलको सङ्गीत, प्रविण सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाईँ र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँङ्कन रहेको छ।
आजबाट प्रदर्शनमा आएको चलचित्र हेर्न गएका पत्रकार ऋषि धमला, नायिका एलिजा गौतम, नव नायक समुन्द्र पण्डित लगाएतका कलाकार भाव विह्वल भएका छन्।
Karnalinews
Views: 0