बेरोजगार युवालाई देश निर्माणको जिम्मा !

२०७५ आश्विन १४, आईतवार १४:१५ गते २०७५ आश्विन १४, आईतवार १४:१५ गते २०७५ आश्विन १४, आईतवार १४:१५ गते

बेरोजगार युवालाई देश निर्माणको जिम्मा !काठमाण्डु टुडे

काठमाण्डु, १४ असोज – सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने र पूर्वाधार निर्माण गर्न श्रम शक्तिलाई देशकै हितमा यथोचित परिचालन गरिने सरकारको तयारी छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनसम्बन्धी छलफलमा श्रममन्त्री गोकर्ण विष्टले काम गर्न सक्ने उमेर समूहको जनशक्तिलाई नेपालभित्रै रोजगारीका अवसर सिर्जना गर्न सरकारले नयाँ ढङ्गको अभियान शुरु गर्न लागेको बताए ।

उनले भने, “सरकारले युवालाई केन्द्रित गरेर ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम सबै नेपाली युवाले गौरव महसुस र साझा कार्यक्रमका रुपमा अपनत्व गर्ने गरी सञ्चालन गरिने छ ।” रोजगार कार्यक्रम अमुक विचार, पार्टी, आस्था, मान्यताको दायराभित्र सीमित नरहने दाबी गर्दै उनले जोश जागर विकासमा पर्याप्त उपयोग गर्ने गरी कार्यक्रम सञ्चालन हुने बताउँदै भने, “सबै नेपाली युवाले साझा कार्यक्रम र गौरव महसुस गर्ने गरी कार्यक्रम सञ्चालन गरिन्छ ।”

श्रम बजारको दायरालाई फराकिलो पार्दै रोजगारीका अवसरलाई प्रशस्त बनाइने बताउँदै उनले श्रमिकलाई दक्ष र सीपयुक्त बनाइ श्रमिकको उत्पादकत्व वृद्धि गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

सीपविनाको जनशक्ति वैदेशिक रोजगारीमा नजाने गरी संरचना निर्माणको तयारीमा सरकार जुटेको जानकारी दिँदै मन्त्री विष्टले सम्पूर्ण जनशक्तिलाई सीप प्रदान गर्न विशेष कार्यक्रम ल्याइने घोषणा गरे । उनले भने, “नेपालभित्रै नेपालको जनशक्तिलाई रोजगारी दिने सरकारको प्रमुख प्राथमिकता हो । नेपाल विकासको प्रारम्भिक अवस्थामा छ, विकासका अभियान अगाडि लैजाँदा लाखौँ जनशक्ति मुलुकभित्रै उपयोगमा आउन सक्छ ।”

प्रारम्भिक चरणमा एक लाखलाई रोजगारी उपलब्ध गराउने जानकारी दिँदै मन्त्री विष्टले चालू आव भित्रै लाखौँ व्यक्तिलाई रोजगार प्रदान गर्न कार्यक्रम सार्वजनिक गरिने बताए । उनले भने, “कुन क्षेत्रमा कतिको सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अध्ययनको तयारीमा लागेको छौँ । हामी यसको अन्तिम चरणमा छौँ, रोजगारीको दुनियाँमा लाखौँ युवालाई रोजगारी दिने गरी कार्यक्रम सार्वजनिक गर्छौं ।”

शिक्षित बेरोजगारलाई रोजगारीको अवसर उपलब्ध गराउनु चुनौतीपूर्ण विषय रहेको बताउँदै उनले सानो नीतिगत निर्णयले मात्रै लाखौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्नसक्ने सम्भावना देखिएको जानकारी दिए । विकास बजेटको कम्तिमा २० प्रतिशत अनिवार्य रोजगारी सिर्जनाका लागि खर्च गर्ने गरी व्यवस्थित प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए ।

मन्त्री विष्टले भने, “श्रम व्यक्तिको जीवन, भविश्य, समृद्धिको महत्वपूर्ण आधार हो, श्रमलाई एकदिवसीय अभियानका रुपमा मनाउने होइन, हरेक नागरिकको जीउने कलाका रुपमा श्रमलाई सम्मान गर्ने गरी अभियान चलाउने छाैँ ।” नेपालमा सजिलो काम नगर्ने तर विदेशमा जोखिमपूर्ण काम मनोवृत्तिलाई बदल्न गरी मरुभूमिलाई हरियालीमा परिणत गर्ने पौरखी हात नेपाल बदल्न सक्छन् भन्ने विषयलाई पुष्टि गर्नेगरी रोजगारीका अवसर सिर्जना गरिने बताए । गरीबी र बेरोजगारी नेपालको प्रमुख चुनौती रहेको बताउँदै उनले बेरोजगारीका कारण युवा जनशक्ति बाँच्नकै लागि विदेशिन बाध्य भएको उल्लेख गरे ।

सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले कार्यक्रमको प्रभावकारीरुपमा कार्यान्वयन गर्न सबै पक्षको सहयोगको खाँचो औँल्याए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *