असोज १५, २०७५
दाङ – दाङको लमहीमा १२ वर्षकी नातिनीलाई करणी गरेको अभियोगमा ६८ वर्षका हजुरबुवा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हुजुर बुवालाई पक्राउ गरेको हो ।
‘आइतबार दिउँसो घटना भएको हो । हामीलाई जानकारी आयो । बेलुका पक्राउ गरेर ल्याएका छौं’ वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले भने ‘बालिकाको स्वास्थ्य परीक्षण भएको छ ।
सोमबार अदालतमा करणी मुद्दा दर्ता गरेर कारवाही प्रकृया अघि बढ्छ ।’
करणी अभियोगमा बालिकाको कान्छो हजुरबुवा पक्राउ परेका हुन् । उनले ललाई फकाई पहिलेदेखिनै करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएको प्रहरीले बताएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0