निर्मलालाई न्याय माग्दै: नेविसंघले कञ्चनपुर बन्द

२०७५ आश्विन १६, मंगलवार ०४:४८ गते २०७५ आश्विन १६, मंगलवार ०४:४८ गते २०७५ आश्विन १६, मंगलवार ०४:४८ गते

१६ आश्विन २०७५, मंगलवार। कञ्चनपुर – नेपाल विद्यार्थी संघ कञ्चनपुरले कञ्चनपुर बन्द गरेको छ। निर्मलाको बलात्कारपछि हत्याभएको ६७ दिनसम्म पनि दोषि पत्ता नलागेको भन्दै नेवि संघले मंगलबार कञ्चनपुर बन्द गरेको हो ।

निर्मला पन्तको न्यायको मागका लागि आफूहरुले एकदिनका लागि नेवि संघ कञ्चनपुरका जिल्ला सदस्य तेजबहादुर साउँदले बताउनुभएको छ । उहाँले केन्द्रीय निर्देशनअनुसार आफूहरुले मंगलबार कञ्चनपुर बन्द गरेको बताउनुभयो । बन्दका कारण बिहानैबाट सवारीका सवारीका साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनि सोमबारबाटै बन्द छन् ।

यस्तै, नेवि संघको आह्वानमा सहमति जनाउदै उद्योग व्यवसायीले पनि बजार व्यवसाय बन्द गरेका छन् । बन्दका कारण भारतमा मजदूरी गरी दशै तिहारका लागि घर फर्किदै गरेका मजदूर मर्कामा परेका छन् ।

निर्मलाको बलत्कारपछि हत्याको विरोधमा कञ्चनपुरलगायत देशैभर दुइमहिनादेखि आन्दोलन जारी छ । तर, सरकारले हत्यारा पत्ता लगाउनुको साटो संरक्षण गरेको भन्दै त्यसको विरोध भइरहेको छ ।

यता, सरकारले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै महिला अधिकारकर्मीसमेत आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रतिवेदन सार्वजनिक नभएसम्म आफूहरुको विरोध तथा दबाबमूलक आन्दोलन जारी रहने बताएका छन् ।

-ujyalo_dainek

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *