नायिका सुष्मा कार्की द्वारा कुटपिट र गालिगलौज भएको भन्दै प्रहरीमा उजुरी

२०७७ माघ २०, मंगलवार २१:४५ गते २०७७ माघ २०, मंगलवार २१:४५ गते २०७७ माघ २०, मंगलवार २१:४५ गते

समीर नेपाल। काठमाडौं २० माघ। नायिका सुष्मा कार्कीे काठमाण्डौको लण्डन पबमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै मंगलबार साझ प्रहरीमा उजुरी दिएकी छिन् ।नायिका कार्कीले संचारकर्मी सङ्ग कुरा गर्दै आफु रातको करिब आठ बजे दरवार मार्गमा रहेको लंडन पबमा परिवार र साथिहरु सङ्ग पुगेका थिए। नायिका कार्की र तिनका साथीहरु सङ्ग छलफल गरि गरिरहेका थिए। त्यसै क्रममा राती दश बजे एकाएक अर्का टेबुल बाट ´रमाइलो छ` नामक युटुबका प्रस्तोता उत्सव रसाइली नायिका कार्की भएको ठाउँमा आईपुगे कार्की सङ्ग गफिएका रसाइली मदिरामा मदहोस थिए रसाइलीले कार्कीलाई अपशब्द प्रयोग गरेर गालीगलोज गर्दै जंगिएका थिए रसाइली जङ्गीए पछि दुई बिच एकछिन भनाभन समेत भएको थियो।

घटना त्यतिमै मात्र सिमित रहेन रसाइली नायिका स्वेता खड्का ,नायिका खड्काका श्रीमान विजेन्द्र राउत साथै बहिनि आरती खड्का सहित सो पबको अर्को टेवलमा मदिरा सेवन गर्दै बसिरहेका थिए रसाइली भनाभन पछि त्यहा पुगे र त्यसपछि नायिका स्वेता खड्काका बहिनी आरती खड्का सहित केही समुहले नायिका कार्की माथी खनिए र हातपात गरेका थिए । आरती त्यस पबमा कार्यरत समेत छिन्। पीडित कार्कीको उजुरीमा उल्लेख छ।सुष्माले भनिन्–‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’सुष्माले नायिका स्वेता खड्काले आफूलाई अपशब्द प्रयोग गरेको र बाटो सम्म लाई जानकारी दिएकी छिन् । सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा नै थिए ।हामीले अर्को पक्षका आरती खड्का र उत्सव रसाइली सङ्गकुरा गर्न खोज्दा उनिहरुको फोन स्वीच अफ रहेको छ ।प्रहरी वृत्त दरबारमार्गका डिएसपी रामेश्वर पौडेल भने ‘आरती खड्का र पत्रकार उत्सव रसाइली आउनुभएन । त्यसैले छलफल भोलिका लागि सारिएको छ ।’ भोलि दुबै पक्षलाई उपस्थित गराएर छलफल गरेर पीडितलाई न्याय दिलाउने डिएसपी पौडेलले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *