अब पशुपतिमा दाह संस्कारका लागि निःशुल्क दाउरा उपलब्ध हुन्छ : मन्त्री आले

२०७७ फाल्गुन १७, सोमबार १५:५८ गते २०७७ फाल्गुन १७, सोमबार १५:५८ गते २०७७ फाल्गुन १७, सोमबार १५:५८ गते

काठमाडौं, १७ फागुन : वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक दुईदिने राष्ट्रिय गोष्ठिको उद्घाटन समारोहमा बोल्दै वन मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै वन तथा वातावरण मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने बताएका हुन् ।यसको निम्ति मन्त्रालयले गृहकार्य अगाडि बढाएको र यसैपल्ट लागू गरिने उनको भनाइ छ । उनले भने, ‘पशुपति आर्यघाटमा १२/१५ हजार तिरेर दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा यसलाई निःशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले यो गृहकार्य अगाडि बढाएको छ । यसैपल्ट यो लागू गर्दैछौँ ।’

मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडि बढाएको पनि बताए । कम्तिमा ३५ जिल्लामा यो कार्यक्रम अगाडि बढाउनको निम्ति मन्त्रालयमा छलफल गरिरहेको पनि उनले बताए । ‘‌ओपन जू को रुपमा कन्सेप्ट मैले अगाडि बढाएको छु, उनले भने, ‘कम्तिमा पनि ३५ वटा जिल्लामा यो कार्यक्रम अगाडि बढाउनुपर्छ भनेर मैले मेरो मन्त्रालयबाट बजेटको तयारी अगाडी बढाएको छु ।’उनले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडि बढाएको पनि बताए । कम्तिमा ७ वटा जिल्लाबाट जडिबुटी उत्पादनको पकेट क्षेत्रको रुपमा कार्यक्रम अगाडि बढाउने उनले जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *