बालिका र महिला लाई आत्मरक्षाका लागि सुरक्षा शिविर

२०७५ आश्विन २०, शनिबार १५:५० गते २०७५ आश्विन २०, शनिबार १५:५० गते २०७५ आश्विन २०, शनिबार १५:५० गते

२० आश्विन २०७५, शनिवार काठमाडौं महिला तथा बालिकाहरूका लागि आत्मसुरक्षासम्बन्धी यहाँ एक हप्ते शिविर सुरु भएको छ ।

मुलुकमा दिनप्रति दिन बढ्दै गएको बलात्कार तथा महिला हिंसाको घटनालाई लक्षित गरी एक हप्ते आत्मरक्षा सम्बन्धी शिविर सञ्चालन गरिएको हो ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित क्षेत्रीय रंगशालामा शनिबारदेखि सञ्चालन गरिएको सो शिविर आगामी २६ असोजसम्म सञ्चालन हुनेछ ।

महिला तथा बालिकाहरूका लागि आत्मरक्षासम्बन्धी यो शिविरमा एक हजार ७ सय बढी बालिका तथा महिलाहरूको सहभागिता रहेको छ ।

मुलुकमा महिला हिंसा तथा बलात्कारका घटना बृद्धि हुँदै गएपछि हिंसाका घटनाबाट जोगिनका लागि महिला तथा बालबालिकालाई आत्मरक्षा तालिम दिन सो शिविर सुरु गरिएको बताइएको छ ।

एक साताव्यापी सञ्चालन हुने सो शिविरको उद्घाटन सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बीच गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले यो शिविरले यौनदुराचारीहरूसँग महिलाले मुकाविला गर्न सक्ने क्षमताको विकास हुने बताए ।

उनले यो शिविरबाट यौनको आसयले हेर्नेहरूको आँखा निकाल्न सक्ने महिला टीम खडा हुन सक्ने विश्वास व्यक्त गर्दै आफ्नो रक्षा आफैं गर्न सक्ने कला सिक्न सबै महिला सक्षम भएको औल्याए।

मूख्यमन्त्री भट्टले महिलाको आत्मरक्षाका लागि यस्ता शिविर सञ्चालन गर्न प्रदेश सरकार लगानी गर्न तयार रहेको  औल्याए ।

शिविरले महिलाहरूमा आत्मबल बढ्नेमा विश्वास व्यक्त गर्दै उनले प्रदेश सरकार महिला हिंसा न्यूनीकरणमा गम्भीरतापूर्वक लागेको स्पष्ट पारे । उनले हिंसा न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेको औल्याए ।

प्रदेशभित्र अझैपनि बलात्कार, छाउपडी, बोक्सी आरोप लगाउनेलगायत महिला हिंसाको घटना न्युनीकरणका लागि प्रदेश सरकारले जनप्रतिधिहरूको नेतृत्वमा चाँडै नै अभियान सञ्चालन गर्ने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले शिविरले महिलाहरूको आत्मविश्वास बढाउनुका साथै प्रतिवाद गर्न क्षमताको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

सो शिविर सामाजिक विकास मन्त्रालयको आयोजनामा महिला पुनःस्थापना केन्द्र (ओरेक नेपाल), कमैया प्रथा उन्मूलन समाज, क्रियाशील पत्रकार महिला, दलित महिला अधिकार मञ्च, राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाललगायतका दर्जनभन्दा बढी संघ–संस्थाहरूको सहभागितिमा सो शिविर शुरु भएको हो ।

rajdhanii dainik

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *