सिभिल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

२०७७ चैत्र ६, शुक्रबार ११:३९ गते २०७७ चैत्र ६, शुक्रबार ११:३९ गते २०७७ चैत्र ६, शुक्रबार ११:३९ गते

काठमाडौं, ६ चैत । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहको संस्थाले ५ गते बिहीबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा लाभांश पारित गरेको छ । साथै सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्यलाई निर्विरोध चयन गरेको छ । वित्तीय संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीज्यूकोे सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङ्गले विगत केही वर्ष यतादेखि आशा लाग्दो तरीकाबाट व्यवसाय विस्तार गरेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिनुभयो । गाउँ बस्तीमा रहेका विपन्नवर्गका घरदैलोमा पुगेर सेवा दिई गरीबलाई धनी बनाउने कार्यमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिनुहुंदै संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यष सचिन जङ्ग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।यस वित्तीय संस्थाले हाल सम्म ५५ ओटा शाखा कार्यालयहरु मार्फत २९ ओटा जिल्लाहरुमा ४४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८ लाख बचत संकलन गरी करिव २ अर्ब ४ करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *