उपत्यकामा हुने सवारी जामले वर्षमा एक खर्ब १६ अर्बको क्षति – अर्थशास्त्री डा. चन्द

२०७७ चैत्र ६, शुक्रबार १६:४५ गते २०७७ चैत्र ६, शुक्रबार १६:४५ गते २०७७ चैत्र ६, शुक्रबार १६:४५ गते

६ चैत, काठमाडौं । उपत्यका हुने सवारी जामले वर्षमा एक खर्ब १६ अर्बको क्षति हुने देखिएको छ । सो अध्ययनअनुसार काठमाडौं उपत्यकामा सवारी जामका कारण मोटरसाइकलमा यात्रा गर्ने व्यक्ति प्रतिघण्टा २१ मिनेट जाममा पर्ने गरेका छन् ।काठमाडौं उपत्यका भित्रको सवारी जामले देशको अर्थतन्त्रलाई पारेको असरबारे अर्थशास्त्री डा. शेरजंग बहादुर चन्द नेतृत्वको समूहले गरेको सोधपत्रले यस्तो तथ्य पत्ता लागेको हो । अध्ययनअनुसार जाम र अव्यवस्थित यातायात प्रणालीका कारण पैदल यात्रु नै औषत ७ मिनेट रोकिनु पर्ने अवस्था आएको उल्लेख छ । यस्तै गन्तव्यमा हिंडेको कार २७ मिनेट प्रतिघन्टा र सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरु ३४ मिनेट प्रतिघन्टा ढिलो हुने गरेको पनि अध्ययनमा उल्लेख छ । सवारी जामका कारण इन्धन खर्च बढेको सोधपत्रमा भनिएको छ ।

एक लिटर इन्धनले दुई पांग्रे सवारी साधन २६ किलोमिटर, चारपांग्रे कार, जीप ८ किलोमिटर मात्रै चल्ने गरेको डा चन्दको निश्कर्ष छ । जामले कार्बन उत्सर्जन २८ प्रतिशत बढी हुने गरेको, सवारी साधनको ह्रास कट्टी ४ प्रतिशतले बढी हुने गरेको र जामका कारण मानसिक रोगीको संख्या पनि ५ प्रतिशतले बढेको अध्ययनमा जनाइएको छ । जामकै कारण काठमाडौं उपत्यकामा ट्राफिक प्रवाह (बग्ने गति) ब्यस्त समयमा १४ किलोमिटर प्रतिघण्टा, सामान्य समयमा ३२ किलोमिटर प्रतिघण्टा र रातिको समयमा ५५ किलोमिटर प्रतिघण्टा रहेको पनि सोधमा उल्लेख छ ।

जामको वार्षिक भार एक खर्ब १६ अर्ब :सोधपत्रकाअनुसार एक बर्षमा काठमाडौँ उपत्यका भित्रको जामले देशको अर्थतन्त्रलाई अनुमानित १ खर्ब १६ अर्ब ४० करोड भन्दा बढी आर्थिक भार परेको देखाएको छ । जामको कारण आर्थिक व्यक्तिको समय ढिला भएको बार्षिक रकम ९ अर्ब १ करोड, जामले गर्दा बढेको इन्धन खर्च सामान्य भन्दा २ अर्ब ८२ करोड ७८ लाख रुपैयाँ बढी रहेको सोधमा उल्लेख छ । यस्तै जामका कारण भार पर्दा सवारी साधन मूल्य ह्रासमा पनि सामान्य मूल्य भन्दा ४ प्रतिशत बढीले ह्रास आएको अध्ययनमा भनिएको छ । जसको आर्थिक भार ३३ अर्ब १८ करोड रहेको रहेको अनुमान गरिएको छ । यस्तै सामान्य भन्दा कार्बन उत्सर्जन २८ प्रतिशतले बढीको र त्यसको आर्थिक भार बार्षिक ७० अर्ब ५० करोड भन्दा बढी रहेको पाइएको छ ।

यस्तै जामले गर्दा बढेको बिरामीको आर्थिक व्यय भार बार्षिक २ अर्ब रहेको तथा ट्राफिक व्यवस्थापनमा गर्नुपर्ने भन्दा बढी खर्च गर्नु परेको बाध्यात्मक अवस्थाको आर्थिक व्ययभार बार्षिक १ अर्ब ९० करोड जति रहेको पाइएको अध्ययनले देखाएको छ ।सडक, खानेपानी, बिजुली, ढल, मर्मत जस्तै विभिन्न मर्मतहरुमा लाग्ने रकम भन्दा ३ अर्ब ५९ करोड बढी रकम बार्षिक लाग्ने गरेको, साथै सवारी जामले दुर्घटना बढेको र उक्त बढेको दुर्घटना खर्च १ अर्ब २२ करोड हुने गरेको अध्ययनले देखाएको छ ।

गणितीय अर्थशास्त्रको कल्पना गरी गणितीय मूल्य भारको आधारमा जामको आर्थिक गणना गरिएको चन्दले बताए । उपत्यकाका मानिसको औषत वार्षिक आम्दानी तीन लाख ७० हजार रहेको र एक दिनमा ८ घण्टा काम गर्दा प्रतिदिन आम्दानी १२ सय ३३ रुपैयाँ हुन आउने र प्रतिघण्टाको आम्दानी १५४ रुपैयाँ हुन जाने देखिएको डा. चन्दले बताए । ६ महिना लगाएर गरिएको अध्ययनमा १८ देखि २० जनाको समूहले काम गरेको र १२ सय भन्दा बढी मानिसमा सर्भे गरिएको चन्दले बताए । चन्द एटालन्टीक इन्टरनेश्नल विश्वविद्यलयका पोष्ट डक्टोरेट शोधकर्ता हुन् । (साभार अनलाइन खबर)

हेर्नुहोस् अध्ययनको सूची :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *