विकासका काममा राजनीति गर्न हुँदैन’

२०७७ चैत्र ७, शनिबार १९:१३ गते २०७७ चैत्र ७, शनिबार १९:१३ गते २०७७ चैत्र ७, शनिबार १९:१३ गते

काठमाण्डौ। पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकासका काममा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ ।जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘१८औँ रक्तदान तथा सम्मान’ कार्यक्रममा उहाँले नीति र नेतृत्वलाई सही ढङ्गले परिचालन गर्न सकेमात्र देशको विकास हुने बताउनुभएको हो । “यो तेरो पार्टीको यो मेरो पार्टीको भन्नुभन्दा पनि सामूहिक रुपमा काम गरौँ, देशको विकास सम्भव छ”, उहाँले भन्नुभयो ।खनालले आफूले प्रहरी सङ्गठनमा लागेर समाज र राष्ट्रको सेवा गरेको उल्लेख गर्दै जनताले अवसर प्रदान गरे सक्रिय राजनीतिमा लाग्ने बताउनुभयो । नेपालको राजनीति क्षेत्रलाई शुद्धिकरणका लागि राजनीति क्षेत्रमा हुने बद्मासीको अन्त्य हुनु जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले देशमा हुने भ्रष्टाचारको अन्त्य र अपराधलाई निर्मूल पारेमात्र देशको विकास हुने उल्लेख गर्नुभयो । टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले प्रचुर सम्भावना भएको नेपालको विकासका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा रगत अभाव भइरहेको अवस्थामा रक्तदान गरेर जनकल्याण सामाजिक केन्द्रले राम्रो कामको शुरुआत गरेको बताउनुभयो ।केन्द्रका सल्लाहकार एवम् समाजसेवी भरत ढकालले राजनीति क्षेत्रले जनताको भावनालाई पूरा गर्न नसकेसम्म देशको विकास सम्भव नहुने बताउनुभयो । विसं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले काठमाडौँको टोखा नगरपालिका, तारकेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकामा सामाजिक काम गर्दै आइरहेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिनुभयो ।केन्द्रले कोभिड–१९ महामारीका समयमा गरीब तथा असहाय व्यक्तिलाई खाद्यान्न वितरण गर्नाका साथै स्वास्थ्य शिविर, रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *