आफुले प्रतिकार गर्न नसक्दा अहिले रेस्लिङ, करातेको महत्व बुझे – महरा

२०७७ चैत्र १३, शुक्रबार १७:२४ गते २०७७ चैत्र १३, शुक्रबार १७:२४ गते २०७७ चैत्र १३, शुक्रबार १७:२४ गते

काठमाडौ ।सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको नेपालकी बरिष्ठ सौन्दर्यविज्ञ सुष्मा महराको फेसियल हाउसले रेस्लर एंव समाजसेवी मुना श्रेष्ठलाई सम्मान गरेको छ ।मंगलबार सिटीसी मलमा एक कार्यक्रमकोबीच फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले साम्मान पत्र सहित सम्मान गर्नुभएको हो ।श्रेष्ठले गत फागुननमा काठमाडौंमा आयोजित इन्डिया र नेपालको रेस्लिङ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै विजयी हुनु भएको थियो ।

भारतिय खेलाडी लाई हराउँदै रेस्लिङमा उक्त बेल्ट हात पार्नु भएको थियो । सम्मान कार्यक्रममा सौन्दर्यविज्ञ महराले रेस्लिङले महिलाको आत्म विश्वास बढाउने जानाकारी दिनुभयो । आफू सौन्दर्यसँगै समाज सेवामा लाग्दै गर्दा आफूमाथि भएको सांघातिक हमलाको सम्झना गर्दै आफूपनि कराँते वा अन्य खेलमा संलग्न भएको भए प्रतिकार गर्न सक्ने क्षमता , विश्वास रहन्थो भन्दै कार्यक्रममा भन्नु भयो । तिनै गुण्डाले ५ तोलाको सिक्री लुटपाट गर्दा आफुले प्रतिकार गर्न नसक्दा अहिदे रेस्लिङ, करातेको महत्व बुझेको उहाँको भनाई छ ।

फेसियल हाउसबाट सम्मानित भएपश्चात रेस्लर मुनाले अब देशभर खेलाडी जन्माउने अभियानमा लाग्ने बताउनु भएको छ । उहाँले फेसियल हाउसबाट आफुले यस किसिमको सम्मान पाउँदा अझै हौसला जागेको बताउनु भयो । फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले सेवासँगै युवाहरुमा सीप हस्तान्तरणलाई पनि जोड दिँदै आउनु भएको छ । फेसियल हाउसले अन्तर्राष्ट्रिय स्तरको फेसियल हाउस ब्युटि एकडेमी समेत सञ्चालन गरिसकेको छ । सुन्धारास्थित सिटिसी मलमा सञ्चालित उक्त सम्भवतः नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरका एकेडेमी हो । महराका अनुसार फेसियल हाउस ब्युटि एकेडेमीबाट ज्ञानसीप हासिल गरेकाहरुले नेपालको साथै युरोप तथा अमेरिकामा समेत रोजगारी प्राप्त गरिरहेका छन् ।

२०५५ सालमा काठमाडौं मलमा स्थापना भएको फेसियल हाउस लेडिज एण्ड जेन्ट्स सैलून नेपालकै एउटा अग्रणी सैलूनको रुपमा स्थापित भइसकेको छ । फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको छ ।टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण (आइ लाइसिस एक्सटेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् ।फेसियल हाउस काठमाडौं भित्र भएका ब्युटि सैलूनहरु मध्येकै उत्कृष्ट सैलून अन्तर्गत पर्दछ । फेसियल हाउसले ब्युटि ट्रेनिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *