जाङ्ग्बु शेर्पालाई १७ औँ पटक सगरमाथा आरोहण को लागि टान द्वारा बिदाई कार्यक्रम

२०७७ चैत्र २०, शुक्रबार १८:१७ गते २०७७ चैत्र २०, शुक्रबार १८:१७ गते २०७७ चैत्र २०, शुक्रबार १८:१७ गते

चैत २०, काठमाडौं। १६ औँ पटक सगरमाथा आरोहण गर्न सफल जाङ्ग्बु शेर्पालाई १७ औँ पटक सगरमाथा आरोहण को लागि ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले बिदाइ गरेको छ ।जाङ्ग्बु शेर्पाको टोली सगरमाथा आरोहणको लागि आज काठमाडौँ बाट प्रस्थान गरिने कार्यक्रम रहेको छ।कार्यक्रममा टानका अध्यक्ष खुम बहादुर सुबेदीले आरोही जाङ्ग्बु शेर्पालाई सफलताको शुभकामना दिँदै कोरोनाको कारण ठप्प भएको हिमाल आरोहण यात्रा पुन सञ्चालनमा आएको सन्देश दिन जाङ्ग्बु शेर्पाको यो कदमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

सगरमाथा चढ्नु आफैमा एउटा जटिल काम भएको तैपनि थोरै मात्र हरेस नखाई १६ पटक सगरमाथा आरोहण गरिसकेर १७ औँ पटक त्यही यात्राको लागि निस्कनु आफैँमा सम्मानयोग्य कदम भएको सुबेदीले बताउनुभयो।सगरमाथाको शिखरमा पुगेर सम्पूर्ण ट्रेकिङ कम्पनीहरूको प्रतिनिधित्व गर्दै टानको झन्डा फहराईदिनुहुन उहाँले अनुरोध समेत गर्नुभयो।त्यसै गरी कार्यक्रममा बोल्दै टानकि महासचिव सरिता लामाले जाङ्ग्बुलाई बिदा गर्दा खुसी र दुख दुवै अनुभव भएको बताउनुभयो। २००३ देखि २०१९ सम्म १६ पटक सगरमाथा आरोहण गरिसक्नु भएको अनुभवी हुनुहुन्छ तर जति नै अनुभवी भए पनि १७ पटकको यात्रा गर्दा परिस्थिति उही सामना गर्नुपर्ने हुँदा सहज र सजक बनेर जान आग्रह गर्नुभयो।

२००६ मा ४.४० सेकेन्ड सगरमाथाको चुचुरोमा कपडा नलगाई विश्व रेकर्ड राख्नुभएको जाङ्ग्बुलाई कुनै नयाँ गर्ने सोचमा हुनुहुन्छ भने देशको आचारसंहिता भित्र बसेर मात्रै गर्न र रिक्स लिन अनुरोध गर्नुभयो।टानको सचिवालयमा भएको यस विदाई कार्यक्रममा टानका पदाधिकारीहरू अध्यक्ष खुमबहादुर सुबेदी,महासचिव सरिता लामा, कोषाध्यक्ष रितु ग्याम्जन, सदस्य निमा डिकी शेर्पा लगायतले जाङ्ग्बू शेर्पालाई टानको झन्डा हस्तान्तरण गरेका थिए। उक्त झन्डा उनले सगरमाथाको शिखरमा फहराउने छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *