दश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्न

२०७८ बैशाख ५, आईतवार २१:२६ गते २०७८ बैशाख ५, आईतवार २१:२६ गते २०७८ बैशाख ५, आईतवार २१:२६ गते

काठमाडौं ५ बैशाख। दश महाविद्या आध्यात्मिक केन्द्रको आयोजनामा दश महाविद्या तथा सांस्कृतिक गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ। पुर्व कानुन मन्त्री दिनबन्धु अर्यालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मानव अधिकार परिषद का केन्द्रिय अध्यक्ष तुलसी थापा, दश महाविद्या आध्यात्मिक केन्द्रका स्याङ्जा जिल्ला अध्यक्ष नुरजङ्ग साह,केन्द्रिय सचीव दिपेश दहाल,केन्द्रिय सहसचिव मेडिना तिमल्सिना,,केन्द्रिय सल्लाहकार सुन्दर बहादुर खडका,कास्की जिल्ला अध्यक्ष रामेश्वर अधिकारी,केन्द्रिय सदस्य सिर्जना सुबेदी,तिमल्सिना समाजका केन्द्रिय अध्यक्ष नवराज तिमल्सिना,बैतरणी धाम का अध्यक्ष केशव प्रसाद घिमिरे लगाएत हिन्दु धर्म र दश महाविद्या सङ्ग आस्थावान व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। दश महाविद्या आध्यात्मिक केन्द्रका केन्द्रिय अध्यक्ष ज्योतिषी पंडित बिह्ङमराज तिमल्सिनाको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रमुख अतिथी पुर्व कानुन मन्त्री अर्यालले मन्तव्य राख्दै हामी सबैले धर्मको रक्षाका निम्ति आफ्नो आफ्नो क्षेत्र बाट योगदान पुर्याउन जरुरी रहेको र यो संस्था स्थापना भएको छोटो समयमै देश तथा बिदेशमा आफ्नो शाखा बिस्तार गरेर आफ्नो उदेश्य प्रति प्रतिबद्ध भएर काम गरेकोमा बधाई दिइएका थिए।त्यस्तै मन्तव्य अध्यक्ष तिमल्सिनाले यो एउटा पबित्र संस्था हो जुन सिमित उदेश्यमा मात्र सिमित छैन।तन्त्र बिद्या भनेको बलि चढाउनु होईन तन्त्रले हरेक शक्तिलाई बसमा लिन सक्छ। जुन हामी सबैको दशनामी बिद्या भएको बताएका थिए।यो संस्था देश तथा बिदेशका केहि ठाँउमा बिस्तार भैसकेको र बाकी रहेकोले जिल्लामा बिस्तार गरिनुका साथै अन्तर्राष्ट्रिय रुपमै छिटै बिस्तार गरिने जानकारी दिइएका थिए।यस संस्थाको प्रमुख उदेश्य समाजसेवा र धर्म रक्षा गर्नु हो।दश महाविद्या लाई धार्मिक व्यक्तिले मात्र नभई नासाका विज्ञानिकले समेत मान्ने गरेको कुरा अवगत गराएका थिए।उक्त कार्यक्रममा दश महाविद्या आध्यात्मिक केन्द्रमा बसन्त राज रिजाल लगाएत अन्य केहि व्यक्तिहरु लाई संस्थाको केन्द्रिय सदस्यमा मनोनीत गरिएको थियो। कार्यक्रममा मानव अधिकार परिषद का केन्द्रिय अध्यक्ष तुलसी थापा,पुर्व मन्त्री दिनबन्धु रिजाल, दश महाविद्या आध्यात्मिक केन्द्रका स्याङ्जा जिल्ला अध्यक्ष नुरजङ्ग साह,केन्द्रिय सचीव दिपेश दहाल,केन्द्रिय सदस्य बसन्त राज रिजाल लगाएत लाई सम्मान समेर गरिएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *