बैतडीमा जन्ती बोकेको जिप दुर्घटना दुर्घटनामा परी एक जनाको मृत्यु दुलाहा–दुलही घाइते भएका छन्।

२०७८ बैशाख १३, सोमबार १४:५४ गते २०७८ बैशाख १३, सोमबार १४:५४ गते २०७८ बैशाख १३, सोमबार १४:५४ गते

काठमाडौं : बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुलाहा–दुलही घाइते भएका छन्।

महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको बैतडी प्रहरीले जनाएकाे छ।

दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशी रहेका छन्। मृतक दुलाहाका काका रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाइते भएका छन्। दुलाहा–दुलही सामान्य घाइते भएका छन्।

आइतबार बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट दुलाहा लगेर उक्त जिप कञ्चनपुरको शुक्लाफाटा नगरगपालिकाको बन्सा गएको थियो।

विवाह सकेर आइतबार राति नै बैतडी फर्किएको जिप सोमबार बिहान बैतडीको पाटनमा दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहको बताएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *