काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको पिसिआर शुल्क भन्दा बढी शुल्क लिने निजी प्रयोगशालाहरुलाई परीक्षणकाे सूचीबाट हटाउने चेतावनी दिएकाे छ।
प्रयोगशालाले बढी शुल्क लिएको भन्ने गुनासो आएकाे भन्दै मन्त्रालयले मंगलबार एक सूचना जारी गरी यस्ताे चेतावनी दिएको हो। बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामार्फत परीक्षणको सूचीबाट हटाउने मन्त्रालयको चेतावनी छ।
सरकारले सिसिआर परीक्षणको लागि सरकारी प्रयोगशालामा एक हजार र निजी प्रयोगशालामा दुई हजार शुल्क तोकेको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0