भारतमा रहेका नेपालीहरुप्रति कांग्रेस नेता पाण्डे चिन्तित

२०७८ बैशाख १४, मंगलवार १९:१० गते २०७८ बैशाख १४, मंगलवार १९:१० गते २०७८ बैशाख १४, मंगलवार १९:१० गते

काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले भारतमा रहेका नेपालीलाई कोरोनाको महामारीबाट जोगाउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।उनले आज प्रेस विज्ञप्ती जारी गरी भारतमा फैलिएको कोरोनाका कारण धेरै नेपालीले ज्यान गुमाएको र उपचार सम्भव नभएकाले दैनिकी कष्टकर बन्दै गएको उल्लेख गरेका छन् । भारतमा फैलिएको जस्तो महामारी नेपालमा फैलन नदिन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई उनले पत्र नै लेखेका छन् ।

उनले दूतावास, नागरिक समाज, पत्रकार र सबैलाई समेटेर रेस्क्यू टिम बनाई नेपालीको उद्धारमा लाग्नसमेत सुझाव दिएका छन् । उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई एकै प्रकारको पत्र लेखी नेपालीको अवस्था चिन्ताजनक भएकाले तत्कालै विशेष पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।पाण्डेले उपचारको अभावमा भारतमा दैनिक धेरै स्थानीय तथा नेपालीहरुको पनि मृत्यु भएकाले विशेष चासो दिन पनि अनुरोध गरेका छन् । भारत सरकारले आफ्नो सबै स्रोत र साधन प्रयोग गर्दा पनि संक्रमण नियन्त्रणबाहिर गएकाले बेलैमा सचेत भएर नेपाली नागरिकको जीवनरक्षाका लागि पहल गर्न उनले आग्रह गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *