काठमाडौं, १७ बैशाख : कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकाले गर्ने भनिएको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) काे आर्थिक सहयोग सित्तैमा आएको बताएका छन् ।कोभिड नियन्त्रण सम्बन्धका विषयमा सुझाव दिन आफ्नै निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा देउवाले बिना ब्याजमा एमसिसीको सहयोग सित्तैमा आएको बताएका हुन् । ‘एमसिसी मैंले मात्र होइन । बाबुराम, सुशीलको पालादेखिकाे विषय हाे । अमेरिकी याे सहयोगमा ब्याज दिनुपर्ने छैन । सित्तै दिएको सहयोग हो । तर सहयोगमा भ्रम फैलाए’ देउवाले भने, ‘अमेरिकी सेना आउँछ भनेर झुटा प्रचार गरियो । यस्तो केही हुँदैन । यो नचाहिँदो हल्ला हो ।’
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0