म्युजिक भिडियो र केही फिल्म गरेपछि अस्ट्रेलिया भासिएकी अभिनेत्री प्रकृति श्रेष्ठ नेपाल फर्किएको केही महिना मात्र भएको छ l फिल्म “बिहे पास” को लागी नेपाल आएकी उनी अहिले उक्त फिल्मको छायाङ्कन सक्काएर म्युजिक भिडियोमा ब्यस्त छिन् l लामो समय पछि म्युजिक भिडियो गर्न लागेकी उनी फेरी एक पटक नायक पल शाह सँग सहकार्य गर्दै छिन् l एक समयको चर्चित गीत “को होला त्यो” मा पल सँग काम गरेकी श्रेष्ठ दोश्रो पटक पनि सोही गीतमा काम गर्दै छिन् l त्यो पनि फिमेल भर्जन रहने “को होला त्यो” मा l ४ वर्ष अघि गायक सुनिल गिरीले आफ्नो शब्द , आवाज र संगीतमा यो गीतलाई बजारमा ल्याएका थिए l गीतको त चर्चा भयो नै चौतर्फी रूपमा पनि यी जोडिको कामको प्रशंसा पनि भयो l पल र प्रकृतिले सहकार्य गरेको पहिलो भिडियो हनी बनी” रहेको छ l
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0