नवरात्रको पहिलो दिन पुजिने देवी : शैलपुत्री

२०७५ आश्विन २४, बुधबार ०१:०४ गते २०७५ आश्विन २४, बुधबार ०१:०४ गते २०७५ आश्विन २४, बुधबार ०१:०४ गते

२४ आश्विन २०७५, बुधवार

काठमाडौं : नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ।

पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो। दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय–समयमा विभिन्न रूप लिएकी थिइन्।   मार्कण्डेय पुराणको देवीमाहत्म्यअनुसार नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदातृलाई बुझिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिन ‘दुर्गाघट’ स्थापना गरिएको दसैँघरमा दुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आराधना गरिन्छ।

यसैगरी नवमीसम्म प्रत्येक दिन क्रमैसँग एक एक देवीको उपासना गर्ने परम्परा छ। हिमालयकी पुत्री भएकाले यिनको नाम शैलपुत्री रहेको बताइन्छ। यज्ञकुण्डमा हामफाली प्राण त्यागेपछि यिनले यही रूप लिएकी थिइन्।  शैलपुत्रीलाई शिवकी शक्ति मानिन्छ। वृष अर्थात् साँढेमाथि बसेकी शैलपुत्रीले दायाँ हातमा त्रिशूल र बायाँ हातमा कमल लिएकी छिन्। शैलपुत्रीको उपासनाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।
-thaha khabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *